PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

ओलीले संविधानको अपहरण गरे : जनार्दन शर्मा



पहिलोपोस्ट

ओलीले संविधानको अपहरण गरे : जनार्दन शर्मा

काठमाडौं: नेकपा स्थायी कमिटी सदस्य जनार्दन शर्माले प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको संविधानको अपहरण गरेको आरोप लगाएका छन्। प्रधानमन्त्री ओलीले संसद विघटनको सिफारिस गरेसँगै शर्माले उनीमाथि संविधानको अपहरण गरेको आरोप लगाएका हुन्।

'केपी ओलीले फेरि हाम्रो १ मात्र उपलब्धि नयाँ संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधानको अपहरण गरेका छन्। यसको रक्षाका लागि सबै तयार होऔं।' शर्माले सामाजिक सञ्जालमा लेखेका छन्।

उनले संविधानको रक्षाका लागि सबै तयार हुन आह्वान समेत गरेका छन्।

ओलीको कदमसँगै सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले ओलीलाई कारवाही गर्ने तयारी थालेको छ।

केपि ओलिले फेरि हाम्रो १ मात्र उपलब्धि नयाँ संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधानको अपहरण गरेका छन । यसको रक्षाका लागि सबै तयार होऔ ।।

Posted by Janardan Sharma on Saturday, December 19, 2020

पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'सहित वरिष्ठ नेताहरु माधवकुमार नेपाल, झलनाथ खनालसहितका बहुमत सचिवालय सदस्‍यहरुले स्थायी कमिटीको बैठकबाट प्रधानमन्त्री ओलीलाई कारवाही गर्ने तयारी थालेका हुन्।

आज नेकपाको स्थायी कमिटीको बैठक बस्दै छ। बैठकमा ओली भने सहभागि नहुने अडानमा छन्।

तर, सोही बैठकले ओलीमाथि कारवाहीको निर्णय गर्ने तयारी भइरहेको बताइएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell