PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

रोकिराखिएको ट्रकमा मोटरसाइकल ठोक्किँदा एक युवकको मृत्यु



रासस

रोकिराखिएको ट्रकमा मोटरसाइकल ठोक्किँदा एक युवकको मृत्यु

देउखुरी : दाङको देउखुरीमा ट्रकमा मोटरसाइकल ठोक्किँदा एक युवकको मृत्यु भएको छ। पूर्वपश्चिम राजमार्गको राप्ती गाउँपालिका-८ बिजौरीमा भालुवाङबाट लमहीतर्फ आउँदै गरेको रा ३ प १३७३ नम्बरको मोटरसाइकल रोकिराखिएको लु १ ख ७००६ नम्बररको ट्रकको पछाडि ठोक्किँदा राप्ती गाउँपालिका-७ निवासी २७ वर्षीय अनिल चौधरीको मंगलवार मृत्यु भएको इलाका प्रहरी कार्यालय भालुबाङले जनाएको छ।

घाइते चौधरीको स्थानीय मेडिकलमा प्राथमिक उपचार गरी थप उपचारका लागि लमही ल्याइँदै गर्दा बाटामै मृत्यु भएको हो। ट्रक चालकलाई नियन्त्रणमा लिई अनुसन्धान अगाडि बढाइएको इलाका प्रहरी कार्यालय भालुवाङका प्रहरी प्रमुख भुवन भट्टले जानकारी दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell