PahiloPost

May 18, 2024 | ५ जेठ २०८१

विश्वकप छनोट खेल्न अभ्यासमा यसरी उत्रियो नेपाली फुटबल टोली, होम गेमबारे यसो भन्छन् प्रशिक्षक र खेलाडी

विश्वकप छनोट खेल्न अभ्यासमा यसरी उत्रियो नेपाली फुटबल टोली, होम गेमबारे यसो भन्छन् प्रशिक्षक र खेलाडी


काठमाडौं: विश्वकप छनोटको तयारीका लागि नेपाली राष्ट्रिय फुटबल टोलीले अभ्यास सुरु गरेको छ। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आइतवारबाट अभ्यास सुरु भएको हो।

नेपालले खेल्ने विश्वकप छनोट अन्तर्गतको खेलहरु नजिकिँदै गर्दा एन्फाले ५८ खेलाडीलाई प्रशिक्षणमा बोलाएको थियो। स्वीडिस प्रशिक्षक योहान कालिनले नेपाली टोलीको मुख्य प्रशिक्षकबाट राजीनामा दिएयता बालगोपाल महर्जनले निमित्त मुख्य प्रशिक्षकको जिम्मेवारी सम्हालिरहेका छन्।

यसअघि यो वर्षको मार्च/अप्रिलमा तय गरिएको खेलहरु कोरोना महामारीका कारण अक्टोबर/नोभेम्बर हुँदै अनिश्चित कालका लागि पछि धकेलिएको थियो। र, पछिल्लो समय एएफसीले सन् २०२१ मा खेलहरु हुने जनाएको थियो।

एएफसीले जारी गरेको तालिका अनुसार नेपालले चाइनिज ताइपेइसँग २५ मार्च (चैत १२ )मा खेल्ने छ भने ३० मार्च (चैत १७ )मा अस्ट्रेलियासँग खेल्ने छ। त्यस्तै, जुन ७ (जेठ २४ गते) मा नेपालले जोर्डनसँग खेल्ने छ। सबै खेल नेपालको गृह मैदानमा हुनेछन्।

नेपालले यसअघि नै सबै ‘अवे गेम’हरु खेलिसकेको छ भने दशरथ रंगशाला निर्माण सम्पन्न नभएको कारण एउटा होम गेम भुटानमा खेलिसकेको छ।

समुह बी मा रहेको नेपालले पाँच खेलबाट तीन अंक जोडेको छ। नेपालले ‘अवे गेम’मा चाइनिज ताइपेइलाई हराएको थियो भने बाँकी खेलमा पराजित भएको थियो।

समूह बी मा नेपालसहित अस्ट्रेलिया, जोर्डन, चाइनिज ताइपेइ र कुवेत छन्।

यसरी हुनेछ खेलाडी छनोट

खेलाडीको प्रदर्शनको आधारमा टिममा छनोट गरिने प्रशिक्षक बालगोपाल महर्जनले बताए। 'पहिलेको राष्ट्रिय टिमको प्रदर्शन र ए डिभिजन लिगको प्रदर्शनको आधारमा खेलाडी छनोट गरिएको हो। अहिले पछिल्लो समयको ८–९ महिना खेल भएकै छैन। जसकारण त्यसअघिको प्रतिस्पर्धा नै अहिलेको छनोटको आधार हो,' प्रशिक्षक महर्जनले भने, 'पहिलेको राष्ट्रिय टिमको प्रदर्शन, पहिलेको विश्वकप छनोटमा खेलाडीको प्रदर्शन साथै अबको तीन महिनामा टेक्निकल र ट्याक्टिकल साथै खेलाडीको फिटनेस पनि विचार गरेर खेलाडी छनोट गर्नेछौं।'

विश्वकप छनोटका लागि मैदानमा फर्कन पाउँदा निकै खुसी लागेको राष्ट्रिय टिमका पूर्वकप्तान विराज महर्जनको भनाई छ। उनी भन्छन्, 'एकदम खुसी लागेको छ। एक वर्षपछि फुटबलमा फर्किएका छौँ। यसबीच धेरै नयाँ कुरा अनुभव पनि गर्न पाइयो। मेरो पूरा खेल जीवनमा यो नै सबभन्दा लामो समय हो, स्क्वाडभन्दा बाहिर बस्नु परेको। पाँच वर्षपछि होम गेम हुँदैछ, यो उत्साहजन कुरा हो। होममा खेल्दा धेरै सहज फिल हुन्छ भने बाहिरको मैदानमा खेल्दा असहज अनुभव हुन्छ।'

प्रशिक्षणका लागि बोलाइएका खेलाडीहरु

गोलकिपर: किरणकुमार लिम्बु, विकेस कुथु, बिशाल श्रेष्ठ, दीप कार्की, विशाल सुनार, अर्पण कार्की, देव लिम्बु

डिफेन्डर्स: देवेन्द तामाङ, रजिन धिमाल, विराज महर्जन, विकास खवास, सुमन अर्याल, विकास तामाङ, अनन्त तामाङ, निशान खड्का, छिरिङ गुरुङ, दिनेश राजबंशी, रन्दिप पौडेल, सरोज दाहाल, अमित तामाङ, अजित भण्डारी, आदित्य चौधरी, सुरज विके, आशिष गुरुङ, दिलेन लोक्तान, रोहित चन्द

मिडफिल्डर्स: सुजल श्रेष्ठ, विसाल राई, जर्जप्रिन्स कार्की, मिक्चेन तामाङ, सन्तोष तामाङ, सुनिल बल, हेमन्त थापामगर, रजत तिवारी, जय गुरुङ, एरिक विष्ट, अशोक थापा, सुवास गुरुङ, दीपेश आलेमगर, तेज तामाङ, रवि पासवान, पुजन उपरकुटी, त्रिदेव गुरुङ, सेसेहाङ आङदाम्बे, सञ्जोग राई, नितिन थापा

फर्वाड्स: विमल घर्तीमगर, अभिशेक रिजाल, रेजिन सुब्बा, भरत खवास, नवयुग श्रेष्ठ, दर्शन गुरुङ, राजेश परियार, विमल राना, अन्जन बिस्ट, राजिव लोप्चन, आशिस लामा, प्रिजेन तामाङ



ट्रेन्डिङ पोस्ट

Ncell