PahiloPost

May 4, 2024 | २२ बैशाख २०८१

एआइजी पोखरेलले लगाए दर्ज्यानी चिह्न



पहिलोपोस्ट

एआइजी पोखरेलले लगाए दर्ज्यानी चिह्न

काठमाडौंः प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) मा बढुवा भएका विश्वराज पोखरेलले दर्ज्यानी चिह्न लगाएका छन्।

शुक्रबार  प्रहरी प्रधान कार्यालय नक्सालमा आयोजित कार्यक्रममा प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले दर्ज्यानी चिह्न प्रदान गरेका हुन्। मन्त्रिपरिषद्को बिहीबारको बैठकले उनलाई एआइजीमा बढुवा गरेको थियो। 

उनीसँगै अब नेपाल प्रहरीमा प्राविधिकबाहेक चार एआइजी भएका छन्। नवनियुक्त एआइजीलाई नेपाल प्रहरी अपराध अनुसन्धान विभागमा पदस्थापना गरिएको छ। त्यस्तै त्यहाँ रहेका एआइजी हरिबहादुर पाललाई महानगरीय प्रहरी कार्यालय रानीपोखरी सरुवा गरिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell