PahiloPost

May 18, 2024 | ५ जेठ २०८१

घट्यो पीसीआर परीक्षणको संख्या, ६ हजारको परीक्षण गर्दा भेटिए १०५६ संक्रमित



घट्यो पीसीआर परीक्षणको संख्या, ६ हजारको परीक्षण गर्दा भेटिए १०५६ संक्रमित

काठमाडौं:  कोभिड १९ दैनिक अध्यावधिक विवरण अनुसार संक्रमतिको संख्या घटदै गएको छ। पीसीआर परीक्षणको संख्या घटदै गएपछि संक्रमितको संख्या पनि घटदै गएको हो। 

दशैंको बेला लगातार उकालो लागेको कोरोना संक्रमित संख्या तिहार पछि भने दैनिक घटिरहेको छ। दैनिक पीसीआर परीक्षण गर्नेको संख्यामा कमि आएपछि संक्रमितको संख्या घटेको हो।

बुधवार पनि थोरै संख्यामा मात्रै संक्रमित संख्या पहिचान भएका छन्। बुधवार ६ हजार २८६ जनाको पीसीआर गरिएकोमा १ हजार ५६ जनामा संक्रमण पुष्टि भएको हो।

पछिल्लो २४ घण्टामा १ हजार ४८३ जना संक्रमण मुक्त भएका छन्। हालसम्म देशभर २ लाख ४४ हजार ४३३ जनामा संक्रमण पुष्टि भएको छ। 

बुधवार १४ जना संक्रमितको मृत्यु भएसँगै हालसम्म मृत्यु हुनेको संख्या १ हजार ५५१ पुगेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell