PahiloPost

May 2, 2024 | २० बैशाख २०८१

जोखिम मूल्याङ्कन गरेर अन्तर्राष्ट्रिय हवाइ उडान अनुमति दिने सीसीएमसीको निर्णय



पहिलोपोस्ट

जोखिम मूल्याङ्कन गरेर अन्तर्राष्ट्रिय हवाइ उडान अनुमति दिने सीसीएमसीको निर्णय
फाइल फोटो

काठमाडौँः कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले संक्रमण जोखिमको अवस्था मूल्याङ्कन गरेर सबै देशहरुमा हवाइ उडानको अनुमति दिने निर्णय गरेको छ। मंगलबार बसेको सीसीएमसी निर्देशक समितिको बैठकले अहिले उडानका लागि स्वीकृति पाएका मुलुकबाहेक अन्य मुलुकमा पनि आवश्यकता अनुसार उडान अनुमति दिने निर्णय गरेको हो। 

जोखिम मुल्याङ्कन गरी अन्य मुकुलमा पनि आवश्यकता अनुसार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नियमित उडानको अनुमति दिन निर्णय भएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका सचिव महेन्द्रप्रसाद गुरागाईंले बताए। गुरागाईंले भने, ‘नियमित उडान स्वीकृति भएका देशका अलावा संक्रमणको जोखिम मुल्याङ्कन गरी अन्य मुलुकमा पनि संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आवश्यकता अनुसार क्रमशः नियमित उडान अनुमति दिँदै जाने निर्णय भएको छ।’’

सरकारी कार्यालयहरुमा एक दुई जनामा संक्रमण पोजेटिभ देखिने वित्तिकै सम्पूर्ण सेवा बन्द गर्ने प्रवृति बढेकाले त्यस्तो नगर्न पनि सीसीएमसीले निर्देशन दिएको छ। संक्रमितलाई आइसोलेसनमा राखेर अन्यबाट सेवा नियमित गर्ने बैठकले निर्णय गरेको हो। 

बैठकले तत्काल उपत्यकामा निषेधाज्ञा लगायतका कुनै पनि निर्णय गरेको छैन। संक्रमण उच्च भएको स्थानलाई सिल गर्न सकिने पूर्ववत निर्णय भने यथावत छ।  



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell