PahiloPost

May 3, 2024 | २१ बैशाख २०८१

भारतमा कोरोना संक्रमण ग्राफ फेरि बढ्दै



भारतमा कोरोना संक्रमण ग्राफ फेरि बढ्दै
फोटो : headlineenglish.com

भारतमा मध्य सेप्टेम्बरमा कोभिड-१९ संक्रमण दर घट्दो क्रममा थियो। तर पछिल्लो हप्ता भने कोरोना संक्रमण दर बढ्न थालेको छ। नभेम्बर शुरु भएयता ८ तारिखसम्ममा यहाँ थप ३ लाख २५ हजार जनामा कोरोना भाइरस संक्रमण पुष्टि भइसकेको छ।

यसैगरी संक्रमितको मृत्यु दर पनि उकालोतिर छ। पछिल्लो हप्ता कोरोना संक्रमणका कारण ४ हजार १४ जनाको ज्यान गुमाए। जबकि अघिल्ला हप्ताहरुमा सरदर ३ हजार ५८६ जनाकोमात्र ज्यान गएको थियो।

टाइम्स अफ इन्डियाको अनलाइन संस्करणका अनुसार विषेशगरी नयाँ दिल्ली र हरयाणामा कोरोना केसहरु बढेका छन्। त्यसो त तेलंगना, राजस्थान, गुजरात, मध्यप्रदेश र मिजोरममा पनि कोरोना बढ्न थालेको छ। आइतबार भारतमा ४७ हजार ११६ जनालाई कोरोना पुष्टि भएको थियो भने ४८९ जनाको मृत्यु भएको थियो।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell