PahiloPost

May 18, 2024 | ५ जेठ २०८१

मत परिणाम आउन ढिला हुँदा अमेरिकामा कतै उल्लास कतै प्रदर्शन

मत परिणाम आउन ढिला हुँदा अमेरिकामा कतै उल्लास कतै प्रदर्शन


अमेरिकामा राष्ट्रपति निर्वाचनको मतगणना भइरहेको छ। वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्प र डेमोक्रेट उम्मेदवार जोय बाइडेनबीच ह्वाइट हाउसमा प्रवेश गर्न कडा प्रतिस्पर्धा भइरहेको छ।

मतगणना ढिला हुँदा सर्वसाधरण सशंकित भएका छन्। अहिले अमेरिकी नागरिकमात्रै नभइ विश्व नै अमेरिकी राष्ट्रपति निर्वाचनको परिणामको पर्खाई छ।  

मतगणना भइरहँदा ट्रम्पको विरोधमा ह्वाइट हाउस बाहिर प्रदर्शन भइरहेको छ। यस्तै, अन्य स्थानमा समेत प्रदर्शन भइरहेको छ। ट्रम्पका समर्थक र विरोधीहरुबीच पनि केही स्थानमा झडप भएको छ।

बाइडेनले आफू निर्वाचन जित्ने दिशामा रहेको भन्दै आफ्ना समर्थकलाई धैर्य राख्न आग्रह गरेका छन्। यता ट्रम्पले भने निर्वाचनमा धाँधली भएको आरोप लगाउँदै सर्वोच्च अदालतसम्म जाने बताइसकेका छन्।

Photo : REUTERS / AP / GETTY IMAGES



ट्रेन्डिङ पोस्ट

Ncell