PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

भक्तपुर हत्या प्रकरण : गर्लफ्रेन्डको विषयमा 'अपशब्द' बोल्दा हत्या, सँगै काम गर्ने सलमान र सानु समातिए



पहिलोपोस्ट

भक्तपुर हत्या प्रकरण : गर्लफ्रेन्डको विषयमा 'अपशब्द' बोल्दा हत्या, सँगै काम गर्ने सलमान र सानु समातिए
प्रतिकात्मक तस्विर

काठमाडौं : भक्तपुरमा एक युवकको हत्या गरेको अभियोगमा दुई जनलाई प्रहरीले नियन्त्रणमा लिएको छ। भक्तपुर नगरपालिका इँटापाको भन्ने ठाउँमा ३५ वर्षीय भारतीय नागरिक  शाहिद हुसेनको हत्या भएको थियो। भारतको उत्तर प्रदेश घर भइ लामो समयदेखि भक्तपुरमा बस्दै आएका हुसेनको शनिवार राति हत्या भएको हो।

प्रहरीले हत्याको अभियोगमा उत्तर प्रदेश घर भएका सलमान खान र सानु अन्सारीलाई नियन्त्रणमा लिएको छ। उनीहरुले हत्या गरेको स्वीकार गरिसकेको प्रहरीले जानकारी दिएको छ। समातिएका दुवै जना हुसेनका साथी हुन्।

'उनीहरु सँगै काम गर्ने गरेको खुलेको छ। शनिवार राति मदिरा खाएर विवाद हुँदा हत्या गरेको बताएका छन्,' महानगरीय प्रहरी परिसर भक्तपुरकी एसपी तारादेवी थापाले भनिन्।

हुसेनको अनुहारमा इँटा तथा ढुङ्गा प्रहार गरेर हत्या गरेको देखिको छ। सलमान खानकी प्रेमिकालाई हुसेनले राति मदिरा खाएपछि अपशब्द प्रयोग गरेको विषयलाई लिएर झगडा गएको खुलेको छ। त्यही क्रममा सानु र सलमानले मिलेर उनको हत्या गरेको खुलेको हो।

'सलमानको प्रेमिकालाई शाहिदले अपशब्द प्रयोग गरेपछि विवाद चर्किएको देखिन्छ। त्यही क्रममा सानुले कुटपिट गरेर ढुङ्गाले हानेको खुलेको छ,' एसपी थापाले भनिन्।

हुसेन पित्तलका करुवा लगायत भाँडाको सामानको कारोवार गर्दै आएका थिए। 

सम्बन्धित समाचार

भक्तपुरमा एक भारतीय युवकको हत्या, अनुसन्धानको क्रममा केही मानिस नियन्त्रणमा



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell