PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

वीरगंजको ३०३ नम्बर फ्ल्याटमा फेला परेको २२ किलो सुन कसको?



पहिलोपोस्ट

वीरगंजको ३०३ नम्बर फ्ल्याटमा फेला परेको २२ किलो सुन कसको?

वीरगंज : प्रहरीले पर्साको वीरगंजस्थित एक अपार्टमेन्टमा छापा मार्दा लुकाई राखेको ठूलो मात्रामा सुन फेला पारेको छ।

जिल्ला प्रहरी कार्यालय पर्साबाट एसपी गंगा पन्तको कमाण्डमा खटिएको प्रहरी टोलीले वीरगंज महानगरपालिका वडा नम्बर ५ रेशमकोटी स्थित श्री गणेश अपार्टमेन्टबाट २२ किलो ५ सय ७६ ग्राम सुन फेला पारेको हो। अपार्टमेन्टको तेस्रो तल्लाको ३०३ नम्बर फ्ल्याटमा सुन फेला पारेको हो।

फ्ल्याट भारतको बिहार पूर्वी चम्पारण हरैया निवासी अशोक सिन्हाको भएको खुलेको छ। रक्सौल विधानसभाको सिटमा उम्मेद्वारी दिएका प्रमोद सिन्हाका भाइ हुन् उनी। प्रहरीले अबैध रुपमा सुन राख्ने कसैलाई समातेको छैन।

प्रहरीले अपार्टमेन्टबाट १ केजीको १३ वटा सुनको बिस्कुट, सुनको बिस्कुट मझौला 5 TAELS 9999 Gold लेखिएको ४६ पिसको ८ किलो ५७६ ग्राम र ६ सय ८१ ग्राम सुनको गहना बरामद गरेको प्रहरीले जानकारी दिएको छ। त्यस्तै चाँदीका गरगहना समेत २ केजी २६२ ग्राम बरामद गरेको हो।

प्रहरीले करिब दुई घण्टा लगाएर अप्रेसन गरेको थियो। घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

प्रहरीको दुई घण्टा लामो अप्रेसन : अपार्टमेन्ट लुकाइराखेको २२ केजी सुन बरामद



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell