PahiloPost

May 3, 2024 | २१ बैशाख २०८१

‘कोही भोकै पर्दैन, भोकले कोही मर्दैन’ भन्ने व्यावहारिक अभ्यास अघि बढाइरहेका छौँ : प्रधानमन्त्री ओली



पहिलोपोस्ट

‘कोही भोकै पर्दैन, भोकले कोही मर्दैन’ भन्ने व्यावहारिक अभ्यास अघि बढाइरहेका छौँ : प्रधानमन्त्री ओली

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले देशमा गरिबीको कारण ‘कोही भोकै पर्दैन, भोकले कोही मर्दैन’ भन्ने व्यावहारिक अभ्यास अघि बढाइरहेको दावी छन्।

उनले ४० औँ खाद्य दिवसको अवसरमा शुभकामना दिँदै कानुनी अधिकारको रूपमा स्थापित भएको नागरिकको खाद्य अधिकार, खाद्य सुरक्षा र खाद्य सम्प्रभुतालाई व्यवहारिक अभ्यास गरिएको बताए।

'कानुनी अधिकारको परिभाषिक रणमा मात्र सीमित गर्ने परम्परालाई तोडेर नेपालमा गरिबीको कारण ‘कोही भोकै पर्दैन, भोकले कोही मर्दैन’ भन्ने व्यावहारिक अभ्यास अघि बढाइरहेका छौँ, ओलीले भनेका छन्।

उनले १० वर्षमा कृषि उत्पादकत्व दोब्बर गर्न, कृषिको आधुनिकीकरण र व्यवसायीकरणको योजना सहित कृषि पूर्वाधारमा ठुलो लगानीका साथ सरकार क्रियाशील रहेको दाबी समेत गरेका छन्।

प्रधानमन्त्री ओलीले दिगो कृषि विकास तथा पोसिलो आहारको सुनिश्चितता कायम गर्न तीनै तहका सरकारहरूको तालबद्ध र समन्वयात्मक प्रयास अपरिहार्य छ रहेको पनि बताएका छन्। उनले यस सन्दर्भमा नेपाल सरकारले लिएका नीतिहरूको सफल कार्यान्वयनका लागि प्रदेश सरकारहरू र स्थानीय तहहरूलाई हातेमालो गरी अघि बढ्न आह्वान समेत गरेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell