PahiloPost

May 17, 2024 | ४ जेठ २०८१

कोभिड-१९ अपेडट : थप १५७३ जनामा संक्रमण पुष्टि, १० जनाको मृत्यु



कोभिड-१९ अपेडट : थप १५७३ जनामा संक्रमण पुष्टि, १० जनाको मृत्यु

काठमाडौं: पछिल्लो २४ घण्टामा देशभर एक हजार ५७३ जनामा पोजेटिभ रिपोर्ट आएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता डा. जागेश्वर गौतमले १० हजार १२३ जनाको कोभिड-१९ संक्रमण पत्ता लगाउन पीसीआर गर्दा उक्त संख्यामा संक्रमण पुष्टि भएको जानकारी दिए।

योसँगै देशभर १९ हजार १९ जना संक्रिय संक्रमित रहेका छन्। देशभर हाल ७३ हजार ३९३ जनामा संक्रमण पुष्टि भएको छ। आइतवार मन्त्रालयले  १० जनाको संक्रमणका कारण मृत्यु भएको जनाएको छ। हालसम्म मृत्यु हुनेको संख्या ४७७ पुगेको छ।

कोभिड-१९ संक्रमण भएका ८ हजार ३२१ जना संस्थागत आइसोलेसनमा छन् भने ६ हजार २ सय ८१ क्वारेन्टाइनमा छन्। आइतवार ८८५ जना संक्रमित संक्रमण निको भएर डिस्चार्ज भएसँगै ५३ हजार ८५८ जना घर फर्किएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell