PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

डाक्टर केसीलाई वीरगंजका डाक्टरहरुको साथ, समर्थन गर्दै उत्रे आन्दोलनमा



राधेश्याम पटेल

डाक्टर केसीलाई वीरगंजका डाक्टरहरुको साथ, समर्थन गर्दै उत्रे आन्दोलनमा

वीरगंज : १९ औं सत्याहग्रह शुरु गरेका डा. गोविन्द केसीको समर्थनमा वीरगंजका चिकित्सकहरुले समर्थन जनाउँदै आन्दोलित भएका छन्। नेपाल चिकित्सक संघ वीरगंज नारायणी शाखामा आवद्ध चिकित्सकहरुले बिहीवार हातमा कालोपट्टी बाँधेर आन्दोलन शुरु गरेका छन्।

शाखाले निकालेको विज्ञप्तिमा नेपाल प्रहरीले गरेको दुर्व्यवहारको घोर निन्दा गर्दै उनको जायज माग सम्बोधन गर्न तत्कालन वार्ता गरी उनको जीवन रक्षाको लागि जोडदार माग गरिएको नेपाल चिकित्सक संघ नारायणी वीरगंजका सचिव डा. उदयनारायण सिंहले जानकारी गराए। जुम्लाबाट अनसन बस्न काठमाडौं आएका डा. केसीलाई नेपाल प्रहरीले बलजफ्ती रुपमा अमानवीय व्यवहार गर्दै राष्ट्रिय ट्रमा सेन्टरमा पुर्‍याउनु सम्पूर्ण चिकित्सकको लागि अपमानको कुरा भएकोले सरकारको ध्यानाकर्षण गराइएको छ।

भदौ २९ गतेदेखि जुम्लाको चन्दननाथ नगरापलिका वडा नं ६ रानीचौरस्थित बाबिरामष्ट मन्दिरबाट शुरु गरेका डा.केसी दुई दिनअघि काठमाडौं टिचिङ हस्पिटल गइरहेको बेला प्रहरीले अचानक रोकेर धरपकड गरी उनको इच्छा विपरित ट्रमा सेन्टर पुर्‍याएको भीडियो सार्वजनिक भएलगतै अहिले देशभरी चिकित्सकहरु पुनः आन्दोलित हुन थालेका छन्। ६० वर्ष पुरा गरेका एक जना चिकित्सकले शान्तिपूर्वक नेपाली चिकित्सा शिक्षा र गुणस्तरीय स्वास्थ्य सेवाको माग उठाई अनशन गर्नु प्रजातान्त्रिक विधि भएकोले राज्यले उनको अनशनले समेटेको माग प्रति गम्भीर हुन पनि माग गरिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell