PahiloPost

May 14, 2024 | १ जेठ २०८१

भारतमा मन्त्री र सांसदको ३० प्रतिशत तलबभत्ता कटौती गर्ने विधेयक दुवै सदनबाट पारित



पहिलोपोस्ट

भारतमा मन्त्री र सांसदको ३० प्रतिशत तलबभत्ता कटौती गर्ने विधेयक दुवै सदनबाट पारित

नयाँ दिल्ली : भारतमा मन्त्री र सांसदको तलब भत्ता कटौती सम्बन्धी विधेयक दुवै संसदबाट पारित भएको छ।

गत शुक्रवार माथिल्लो सदन राज्यसभाबाट पारित भएको ‘मन्त्रीहरुको तलब भत्ता (संशोधन) विधेयक २०२०’ लाई आइतवार मध्यरातिसम्म चलेको तल्लो सदन लोकसभाले पारित गरेको हो।

कोभिड १९ को महामारीका कारण स्रोतको अभावलाई मध्यनजर गर्दै सरकारले मन्त्री र सांसदहरुको तलब र भत्तामा कटौती गर्नेगरी विधेयक ल्याएको थियो।

विधेयकमा कोभिड १९ महामारीका कारण मन्त्री र सांसदहरुको तलब भत्तामा ३० प्रतिशत कटौतीको प्रावधान छ। यो विधेयक राज्यसभामा १८ सेप्टेम्बरमा नै पारित भइसकेको छ।

दुवै संसदबाट पारित भई कानुन बनेसँगै अब भारतमा मन्त्री र सांसदको तलब भत्तामा ३० प्रतिशत कटौती हुनेछ।

आइतवार रातिको लोकसभाले अर्हित वित्तीय संविदा द्विपक्षीय नेटिंग विधेयक, २०२० (द बाइलेटरल नेटिंग अफ क्वालिफाइड फाइनान्सियल कन्ट्रयाक्ट्स बिल), राष्ट्रिय रक्षा युनिभर्सिटी बिल २०२० र द नैशनल फरेन्सिक साइन्स युनिभर्सिटी बिल, २०२० पनि पारित गरेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell