PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

सलाहको ह्याट्रिकमा लिड्समाथि लिभरपुलको संघर्षपूर्ण जित



पहिलोपोस्ट

सलाहको ह्याट्रिकमा लिड्समाथि लिभरपुलको संघर्षपूर्ण जित

इङ्ग्लिस प्रिमियर लिग अन्तर्गत गएराति भएको खेलमा साबिक विजेजा लिभरपुलले नयाँ सिजनको आफ्नो पहिलो खेलमा विजयी सुरुवात गरेको छ। एनफिल्डमा भएको खेलमा घरेलु टोली लिभरपुलले १६ वर्षपछि प्रिमियर लिगमा फर्किएको लिड्स युनाइटेडमाथि ३-० को संघर्षपूर्ण जित निकालेको हो।

खेलको चौथो मिनेटमै मोहम्मद सलाहले पेनाल्टीमा पाएको अवसर सदुपयोग गर्दै घरेलु टोलीलाई अग्रता दिलाएका थिए। तर १२ औं मिनेटमै लिड्सले खेल बराबरीमा ल्यायो। केल्भिन फिल्पिप्सको पासमा ज्याक हेरिसनले गोल गर्दै खेल बराबरीमा ल्याए। रोमाञ्चक बन्दै गएको खेलमा लिभरपुलका लागि भर्जिल भान डाइकले खेलको २० औं मिनेटमा गोल थपे। यसपटक पनि लिभरपुलको अग्रता लामो समय टिकेन। खेलको ३० ‍औं मिनेटमै प्याट्रिक बामफोर्डले गोल गर्दै खेल बराबरीमा ल्याए। त्यस्को तीन मिनेट भित्रै लिभरपुलका मोहम्मद सलाहले अर्को गोल थप्दै लिभरपुललाई फेरि अग्रता दिलाए। र, पहिलो हाफमा लिभरपुल पहिलो हाफमा ३-२ ले अघि रह्यो।

दोस्रो हाफमा लिड्सले फेरि खेल बराबरीमा ल्यायो। मेट्युस्ज क्लिचले खेलको ६६ औं मिनेटमा हेल्डर कोस्टाको पासमा गोल गर्दै गर्दै खेल बराबरीमा ल्याए। तर खेलको ८८ औं मिनेटमा लिभरपुलले फेरि पेनाल्टीको अवसर पायो। जसलाई सदुपयोग गर्दै सलाहले फेरि गोल गर्दै आफ्नो ह्याट्रिक पुरा गरे भने लिभरपुलको जितका लागि निर्णायक गोल पनि गरे।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell