PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

भदौ ३१ गते सम्म भक्तपुर नगरपालिकामा सार्वजनिक यातायात संचालनमा रोक



भदौ ३१ गते सम्म भक्तपुर नगरपालिकामा सार्वजनिक यातायात संचालनमा रोक

भक्तपुर : भक्तपुर नगरपालिका क्षेत्र भित्र भाद्र ३१ गतेसम्मका लागि सार्वजनिक यातायात बन्द गर्ने निर्णय गरिएको छ। कोरोना संक्रमण फैलिरहेको अवस्थामा जिल्ला प्रशासन कार्यालयले १६ जना भन्दा बढी सिटका गाडीलाई जोरबिजोर प्रणाली लागू गरी संचालन गर्ने भनी निर्णय गरेको हो।

तर, भक्तपुरमा कोरोना संक्रमण फैलिँदै गएको परिस्थितिलाई मध्यनजर गर्दै संक्रमण समुदायस्तरसम्म फैलिन नदिन भक्तपुर नगरभित्रबाट काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा सञ्चालनमा रहेका रुट नं. १, रुट नं. ७ र रुट नं. ९ मा चल्ने छोटो दुरीका यातायातहरू भाद्र २५ गतेदेखि भाद्र ३१ गतेसम्मका लागि बन्द गर्ने निर्णय गरिएको छ।

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा यातायात व्यवसायीका प्रतिनिधिहरूसँग मंगलबार भएको छलफलमा सार्वजनिक यातायात बन्द गर्ने निर्णय गरिएको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell