PahiloPost

May 3, 2024 | २१ बैशाख २०८१

सुशान्त प्रकरणमा आमिर र अनुष्कामाथि उठ्यो प्रश्न



पहिलोपोस्ट

सुशान्त प्रकरणमा आमिर र अनुष्कामाथि उठ्यो प्रश्न

बलिउड अभिनेता सुशान्त सिंह राजपुत आत्महत्या प्रकरणमा कलाकार आमिर खान र अनुष्का शर्मामाथि प्रश्न उठेको छ।

सुशान्तसहित तीनै कलाकारले फिल्म ‘पीके’मा सँगै काम गरेका थिए। पूर्वसहकर्मीको मृत्यु रहस्यमयी बन्दै गइरहेका बेला एक शब्द नबोलेको तथा मौन बसेको भन्दै आमिर र अनुष्कामाथि अभिनेत्री कंगना रनौटले प्रश्न उठाएकी हुन्।

सर्वोच्च अदालतको अनुमतिपछि सुशान्तको मुद्दा सीबीआईले पाएको छ। परिवारले प्रेमिका रिया चक्रवर्तीमाथि सुशान्तलाई मर्न बाध्य पारेको आरोप लगाउँदै उजुरी दिएको छ।

सुशान्तका विषयमा कलाकारले आ-आफ्नो धारणा राखिरहेका बेला सहकर्मीको मृत्युमा आमिर र अनुष्का नबोल्नु आश्चर्यजनक भएको कंगनाको भनाई छ।

एक अन्तर्वार्तामा कंगनाले सीबीआई जाँचका लागि बलिउडका ठूला कलाकारले आवाज नउठाएको गुनासो गर्दै सहकर्मी आमिरको मौनता पनि अस्वभाविक भएको बताइन्।

यो घटनाले पुरै उद्योग एउटा गिरोहको रुपमा काम गर्छ भन्ने पुष्टि भएको उनको आरोप छ। आदित्य चोपडा र रानी मुखर्जीको पनि उदाहरण दिँदै कंगनाले प्रश्न गरेकी छन्, ‘तपाईको कलिंगको मृत्यु हुन्छ र तपाईहरुसँग बोल्नलाई एक शब्द पनि छैन?’

यता कंगनाले दीपिका पादुकोणमाथि सुशान्तको मृत्युमा व्यापार गरिरहेको आरोप लगाएकी छन्। दीपिकाले सुशान्तको मृत्युपछि मेन्टल इलनेसका बारेमा सचेतना फैलाउने काम सुरु गरेको जानकारी दिएकी थिइन्। यसलाई कंगनाले कलाकारको मृत्युलाई धन्धामा बदल्ने प्रयास भनेकी छन्।

सुशान्तको आत्महत्यापछि कंगना बलिउडमा नेपोटिज्म र ग्रुपिज्मविरुद्ध खरो रुपमा उत्रिएकी छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell