PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

सरकारलाई वीरगंजका चिकित्सकको चेतावनी : रेमडेसिभिर औषधि तस्करबाट मगाउन नपरोस्



पहिलोपोस्ट

सरकारलाई वीरगंजका चिकित्सकको चेतावनी : रेमडेसिभिर औषधि तस्करबाट मगाउन नपरोस्
images : Fotoarena

वीरगंज : चिकित्सकले कोरोना महामारीको ५ महिना बितिसक्दा पनि संक्रमितको उपचारमा उपयोगी  रेमडेसिभिर औषधि हालसम्म औषधि व्यवस्था विभागमा दर्ता नभएकोमा असन्तुष्टि जनाएका छन्।

वीरगंजस्थित नारायणी अस्पतालका चिकित्सक डा. निरज सिंहले फेसबुकमा स्टाटस लेख्दै सरकारको रबैया र तयारीप्रति प्रश्न खडा गर्दै यथाशिघ्र उक्त औषधि दर्ता गरी आयात गर्न माग गरेका छन्।

उनले लेखेका छन्, ‘कोरोना महामारी भित्रिएको झन्डै ५ महिना बितिसक्दा पनि यस रोगको उपचारमा सबैभन्दा प्रभावकारी औषधि रेमडेसिभिर  नेपालको डिडिएमा रजिस्टर नहुनु, उपचार संलग्न चिकित्सकहरूले विरामीको ज्यान बचाउन भारु ५ हजार पर्ने औषधि तस्करबाट ४०/५० हजारसम्ममा किनेर गैरकानूनी काम गर्न बाध्य नबनाइ दिनुस्। डिडिएमा रजिष्टर गरेर आयात गर्ने हो भने नेरु ८ हजारसम्ममा आर्थिक रुपमा सक्षम विरामीहरूले किन्न सक्छन्।’

उनले अर्को वाक्यमा लेखेका छन्, ‘यस्तो सानो कुरा पनि वीरगंजबाट मैले भन्नुपर्छ, यहीँ हो हाम्रो तैयारी? माफी माग्छु, केहि लेख्न र बोल्न मन थिएन्। तर मजबुर भएर सामाजिक सन्जालमा ओकेलेको हुँ।’

कोरोना माहामारी भित्रीएको झन्डै ५ महिना बितिसक्दा पनि, यस रोग को उपचार मा सबै भन्दा प्रभाबकारी औषधी inj. Remdesivir...

Posted by Niraj Singh on Wednesday, August 5, 2020



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell