PahiloPost

May 17, 2024 | ४ जेठ २०८१

धुलिखेल नगरपालिकाले जनै पूर्णिमा र गाईजात्रामा सार्वजनिक बिदा दिने



धुलिखेल नगरपालिकाले जनै पूर्णिमा र गाईजात्रामा सार्वजनिक बिदा दिने

काठमाडौं : धुलिखेल नगरपालिकाले जुनै पूर्णिमाको दिन सार्वजनिक बिदा दिएको छ। नगरपालिकाले सार्वजनिक सूचना जारी गर्दै सोमबार जनै पूर्णिमा पर्वको अवसरमा सार्वजनिक बिदा दिएको जनाएको हो। 

धुलिखेल नगरपालिकाले साउन २० गते पनि गाईजात्रा पर्वको दिन सार्वजनिक विदा दिने भएको छ। त्यस्तै काभ्रेकै मण्डनदेउपुर नगरपालिकाले पनि जनै पूर्णिमाको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ।

यसअघि पाँचखाल नगरपालिकाले पनि जनै पूर्णिमा र गाईजात्राको अवसरमा दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको थियो। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell