PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

पशुपति गुरुयोजना: मन्त्री भट्टराई भन्छन्, ‘स्थानीयसँग छलफल गर्छौं, अतिक्रमण स्वीकार गर्दैनौं’



पशुपति गुरुयोजना: मन्त्री भट्टराई भन्छन्, ‘स्थानीयसँग छलफल गर्छौं, अतिक्रमण स्वीकार गर्दैनौं’

काठमाडौँ: संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले पशुपति क्षेत्रमा व्यक्तिगत र व्यापारिक स्वार्थमा भइरहेको मानव अतिक्रमणलाई स्वीकार नगर्ने बताएका छन्।

पशुपति क्षेत्र विकास कोषले पशुपति क्षेत्रलाई व्यवस्थित गर्ने भन्दै ल्याएको गुरुयोजनाको स्थानीयहरुले विरोध गरिरहेका छन्। पशुपति क्षेत्र 'ग्वल' सभ्यता नै समाप्त हुने भन्दै स्थानीयले प्रस्तावित गुरुयोजना स्वीकार नगर्ने बताइरहेका बेला मन्त्री भट्टराईले पशुपतिको ऐतिहासिक, सांस्कृतिक तथा पुरातात्विक पक्षको  संरक्षण र सम्बर्द्धन गरिने बताएका हुन्।

कोषले १०० वर्षको गुरुयोजना बनाई पशुपतिदेखि सिफलसम्मको बस्ती खाली गराउनेसहितको योजना प्रस्ताव गरेको छ। तर उक्त गुरुयोजनाबाट पशुपतिमा बस्दै आएका रैथाने विस्थापित हुने र त्यहाँका मूर्त र अमूर्त सम्पदा विनाश हुने भन्दै विरोध भइरहेको छ।

स्थानीयले विश्वभरको हिन्दुहरुको पवित्र धार्मिक स्थललाई व्यवसायीकरण गर्न कोष उद्दत रहेको उनीहरुले आरोप लगाएका छन्।

भट्टराईले भने सरकारले सबैसँग छलफल गरेर सहमति बनाउने भन्दै स्थानीय जात्रा र पर्वको जगेर्ना गरिने बताएका छन्।

पशुपति क्षेत्र रहेको प्रतिनिधिसभा क्षेत्र ४ का सांसद गगन थापाले आज मन्त्री भट्टराईलाई कोषले ल्याएको गुरुयोजनाप्रति स्थानीयको विरोधबारेमा अवगत गराएका थिए। मन्त्रीसँगको भेटमा थापाले सरकारले उक्त गुरुयोजना अघि बढाए संघर्ष गर्ने चेतावनी दिएका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell