PahiloPost

May 18, 2024 | ५ जेठ २०८१

एआइजीद्वय निरजबहादुर शाही र प्रद्युम्नकुमार कार्कीलाई दर्ज्यानी चिह्न प्रदान



रासस

एआइजीद्वय निरजबहादुर शाही र प्रद्युम्नकुमार कार्कीलाई दर्ज्यानी चिह्न प्रदान

काठमाडौं : प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले प्रहरी नायब महानिरीक्षकबाट प्रहरी अतिरिक्त महानिरीक्षक पदमा बढुवा भएका दुई प्रहरी अधिकृतलाई दर्ज्यानी चिह्न प्रदान गरेका छन्।

महानिरीक्षक थापा क्षेत्रीले आज प्रहरी प्रधान कार्यालयमा आयोजित कार्यक्रममा साउन १२ को मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार डीआइजीबाट एआइजी पदमा पदोन्नति भएका निरजबहादुर शाही र प्रद्युम्नकुमार कार्कीलाई दर्ज्यानी चिह्न प्रदान गरेका हुन्।

सोही कार्यक्रममा महानिरीक्षक क्षेत्रीले प्राविधिक प्रहरी उपरीक्षक पदमा पदोन्नति भएका पशुपतिकुमार राय र श्यामकुमार मण्डललाई पनि दर्ज्यानी चिह्न प्रदान गरेका थिए। कार्यक्रममा महानिरीक्षक थापा क्षेत्रीले प्रहरी अधिकृतले आफ्नो दक्षताअनुरुप थप ऊर्जासहित व्यावसायिक सेवाको अपेक्षा प्रहरी संगठनले गरेको बताए। व्यक्तिगत स्वार्थभन्दा माथि उठेर संगठनको बृहत्तर हितमा लाग्नुपर्ने उनको भनाइ थियो।

उनले सामूहिक नेतृत्व सधैँ संगठनको हितमा लाभकारी हुने भन्दै प्रहरी अतिरिक्त महानिरीक्षकको पदोन्नतिसँगै नेतृत्व तह थप बलियो हुने विश्वास व्यक्त गरे। कार्यक्रममा नवनियुक्त एआइजी नीरजबहादुर शाहीले संगठनको नीति निर्देशन र आदेशप्रति सदैव कर्मनिष्ठ रही संगठनको बृहत्तर हित र गरिमालाई थप उचाइमा लैजान मन, वचन र कर्मले कटिबद्ध भएर लाग्ने प्रतिबद्धता व्यक्त गरे।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell