PahiloPost

May 20, 2024 | ७ जेठ २०८१

दोहोरो रेडकार्ड ब्यहोरेको नर्विच सिटी २-० ले पराजित



पहिलोपोस्ट

दोहोरो रेडकार्ड ब्यहोरेको नर्विच सिटी २-० ले पराजित

इङलिस प्रिमियर लिग अन्तर्गत गएराति भएको खेलमा नर्विच सिटी बर्नलीसँग पराजित भएको छ। क्यारो रोड स्टेडियममा भएको खेलमा रेलिगेशनमा परिसेको घरेलु टोली नर्विच सिटी बर्नलीसँग २-० ले पराजित भएको हो।

खेलमा नर्विच सिटीका इमिलिएनो बुएन्डियाले बर्नलीका एस्ले वेस्टउडलाई कुइनाले हानेपछि ३५ औं मिनेटमा रेडकार्ड खाँदै बाहिरिएका थिए। त्यस्तै नर्विचकै जोसेफ ड्रिमिकले खराब ट्याकल गरेपछि त्यसको १० मिनेटभित्रै रेडकार्ड खाँदै बाहिरिए।

९ खेलाडीमा सीमित नर्विचमाथि पहिलो हाफको अतिरिक्त समयमा गोल गर्दै बर्नलीका लागि क्रिस उडले अग्रता बनाए। दोस्रो हाफमा नर्विचका बिन गोडफ्रेले आत्मघाती गोल गरे। र, योसँगै बर्नलीले नर्विचमाथि २-० को जित निकाल्यो।

जितसँगै ५४ अंकजोडेर बर्नली ९ औं स्थानमा उक्लिएको छ। यता नर्विच भने रेलिगेशनमा जाने यसअघि नै पक्का भइसकेको छ। नर्विचको ३७ खेलबाट २१ अंक छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell