PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

बार्सिलोनामा कोरोना संक्रमित बढे, फेरि लकडाउन गर्ने तयारी



बार्सिलोनामा कोरोना संक्रमित बढे, फेरि लकडाउन गर्ने तयारी
Photo : AP

स्पेनको बार्सिलोनामा कोरोना भाइरस संक्रमितको संख्यामा पुनः वृद्धि भएपछि सर्वसाधरणहरुलाई अति आवश्यक कामका लागि बाहेक घरमै बस्न सरकारले आग्रह गरेको छ। 

भाइरसको संक्रमण बढेपछि क्याटलोनियाली सरकारले सिनेमा, नाटकघर र रात्रिक्लबहरू बन्द गर्ने आदेश दिएको छ। यस्तै तटीय शहरमा १० भन्दा बढी व्यक्तिको भेला हुन समेत प्रतिबन्ध लगाइएको छ।

यस्तै, शहरमा रेष्टुराँहरूले संचालनमा पनि टाइम कार्ड लागू गरिएको छ।

संक्रमित बढेपछि आउने हप्तामा फेरि पहिले जस्तै लकडाउन गर्नुपर्ने अवस्था आउन सक्ने भन्दै सबैलाई सर्तक रहन आग्रह गरिएको छ।

बार्सिलोनामा केही दिनयता दैनिक सयौं व्यक्तिमा भाइरसको संक्रमण देखिएको छ। बिहिवारमात्रै ५ सय ८० जनामा कोभिड १९ पोजेटिभ देखिएको थियो।  



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell