PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

एकता जोगाउन नेकपाका दोस्रो तहका नेताहरु मन्त्री क्वाटरमा 



एकता जोगाउन नेकपाका दोस्रो तहका नेताहरु मन्त्री क्वाटरमा 

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नेताहरु पार्टी एकता प्रक्रियालाई जोगाउन दौडधुपमा लागेका छन्। आज बिहान मात्रै कृषिमन्त्री घनश्याम भुसालको क्वाटरमा दोस्रो तहका नेताहरुले छलफल गरेका हुन्।

मन्त्रीहरु योगेश भट्टराई, वर्षमान पुन, नेताहरु सुरेन्द्र पाण्डे, जनार्दन शर्मा, मणि थापा,  प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल, विष्णु रिमाललगायतका नेताहरु भेला भएका थिए।

नेताहरुबीच ३ घण्टा छलफल भएको थियो। भेटमा नेताहरुले पार्टी एकतालाई जोगाएर अघि बढ्नुपर्ने बताएका थिए। उनीहरुले मंसिर ४ मा भएको सहमतिलाई कार्यान्वयन गरेर अघि बढ्न नेताहरुलाई सुझाव दिएका छन्।

नेकपा स्थायी कमिटीले समस्या समाधानका लागि एक दिनको समय छुट्टाएको छ। बिहीवार अन्यौलताकाबीच केही समय बसेको थियो। बैठक शनिवारका लागि बोलाइएको छ। त्यसअघि दुई अध्यक्षले छलफल गरेर निकास निकाल्न नेताहरुले आग्रह गरेका छन्।

अहिले बालुवाटारमा दुई अध्यक्षबीच छलफल भइरहेको छ। आज अन्य नेताहरु पनि आन्तरिक छलफलमा व्यस्त छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell