PahiloPost

May 11, 2024 | २९ बैशाख २०८१

बार्सिलोना एट्लेटिको मड्रिडसँग बराबरीमा रोकियो, उपाधि होडमा कमजोर बन्दै



पहिलोपोस्ट

बार्सिलोना एट्लेटिको मड्रिडसँग बराबरीमा रोकियो, उपाधि होडमा कमजोर बन्दै

स्पेनिस ला लिगा अन्तर्गत गएराति भएको खेलमा बार्सिलोना र एट्लेटिको मड्रिड बराबरीमा रोकिएका छन्। क्याम्प नोउमा भएको खेलमा एट्लेटिको मड्रिडसँग बराबरी खेल्दै अंकबाँडेपछि घरेलु टोली बार्सिलोना उपाधि होडमा कमजोर बन्दै गएको हो।

खेलको ११ औं मिनेटमा एट्लेटिकोका डिएगो कोस्टाले आत्मघाती गोल गरेपछि बार्सिललोनाले खेलमा अग्रता बनाएको थियो। तर एट्लेटिकोका यानिक कोरोस्कोलाई बक्सभित्र फउल गरेपछि पेनाल्टीमा पाएको अवसर सदुपयोग गर्दै एट्लेटिकोले खेल बराबरीमा ल्यायो। खेलको १९ औं मिनेटमा सउल निग्युजले गोल गरेका थिए। र, पहिलो हाफ १-१ गोलको बराबरीमा रोकियो।

त्यस्तै दोस्रो हाफमा पनि बार्सिलोनाले नै खेलमा अग्रता लियो। खेलको ५० औं पेनाल्टीमा पाएको अवसर सदुपयोग गर्दै मेस्सीले खेलमा बार्सिलोना फेरि अग्रता दिलाए। यो गोलसँगै मेस्सीले करियरको ७०० औं गोल पुरा गरेका छन्।

तर ६२ औं मिनेटमा एट्लेटिकोले पनि पेनाल्टीको अवसर पायो। जसलाई निग्युजले नै सदुपयोग गर्दै खेल बराबरीमा ल्याए। र, खेल २-२ को बराबरीमा रोकियो।

घरेलु मैदानमा अंकबाँडेको बार्सिलोनालाई यो खेलले उपाधि होडमा कठिन बनाउँदै लगेको छ। अंकतालिकामा ३३ खेल खेलेको बार्सिलोना ७० अंकसहित दोस्रो स्थानमा छ। जबकी त्यो भन्दा एक खेल कम खेलेको अर्को उपाधि दाबेदार रियल मड्रिड ७१ अंकसहित तालिकाको शीर्षस्थानमा छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell