PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

भारतले हवाई सैन्य शक्ति बढाएपछि सीमामा चीनको हवाई सेवाको 'असामान्य गतिविधि'



पहिलोपोस्ट

भारतले हवाई सैन्य शक्ति बढाएपछि सीमामा चीनको हवाई सेवाको 'असामान्य गतिविधि'

शुक्रवार भारतीय सैनिक विमान र हेलिकप्टर चीनसँगको सीमा नजिकको एयरबेसका लागि परिचालन गरेको भन्दै हवाई सैन्य शक्तिको प्रशंसा गरिरहेको भारतीय मिडिया शनिवार भने चिनियाँ विमानको उडानबाट सशंकित बनेको छ।

टाइम्स अफ इन्डियाले बढ्दो सीमा तनावको बीच भारतले हवाई सेनालाई चीनतर्फ तैनाथी बढाएको बताउँदै युद्धको संकेत नभए पनि तयारी अवस्थामा रहेको जनाएको थियो। ट्याङ्क किलरका रुपमा चिनिने अपाचे अट्याक हेलिकप्टर तयारी अवस्थामा राखिएको दावी गर्दै त्यसमा हेलफाइर एयर टू ग्राउन्ड मिसाइल र रकेटहरु रहेको दावी गरेको थियो। उच्च हिमाली भेगमा उडान गर्ने हेलिकप्टरको समाचारमा व्याख्या गरिएको छ। उच्च सैनिक अधिकारीलाई उदृत गर्दै लेखेको थियो – चीनले सीमा लाइन पार गरेर हाम्रा २० सैनिकलाई पूर्व नियोजित तरिकाले मारेको छ। हामी सम्भावित घटनाक्रमका लागि तयारी अवस्थामा छौं। आवश्यक सबै तयारी पूरा भएको छ।’

शनिवार भने टाइम्स अफ इन्डियामा नै चिनियाँ हवाई सेनाको गतिविधिमाथि प्रश्न गर्दै समाचार लेखेको छ – चिनिया एयर फोर्सको असामान्य गतिविधि देखियो।

समाचारमा चिनियाँ सेनाको एयर फोर्सका उडानहरु लद्दाकको नजिकै देखिएको समाचारमा उल्लेख छ। हिउँदमा चिनियाँ हवाई सेनाले गर्ने अभ्यास यतिखेर देखिएको भन्ने भारतीय सेनाको चिपी अफ एयर स्टाफ मार्सल आरकेएस भदौरियालाई उदृत गर्दै लेखिएको छ, ‘हिउँदमा यस्तो अभ्यास हुँदै आएको हो। तर यस पटक हामीले सधैं भएभन्दा फरक देखेका छौं। यसलाई हामीले गम्भीरताका साथ लिएका छौं।’



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell