PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

भक्तपुरमा ढलमा छिरेका चालक एकदिन पछि मृत भेटिए



पहिलोपोस्ट

भक्तपुरमा ढलमा छिरेका चालक एकदिन पछि मृत भेटिए

काठमाडौं : बुधवार भक्तपुरमा ढल हुँदै खोलामा बगेका एक व्यक्तिको शव फेला परेको छ। बुधवार करिब ६ बजेतिर भक्तपुरको चुनदेवी नजिकैबाट ६ ख १६१६१ नम्बरको ट्रक चालक नरबहादुर राउतलाई पानीले बगाएको थियो। एकदिनपछि उनको शव ललितपुरमा फेला परेको हो।

वाग्मती गाउँपालिका १ स्थित वाग्मती खोलामा भेटिएको महानगरीय प्रहरी परिसर ललितपुरका एसपी तुलबहादुर खत्रीले जानकारी दिए।

सल्लाघारीबाट निर्माण सामाग्री लिएर सूर्यविनायकतिर जान लाग्दा सडकमा बगेको पानीको बहाव चेक गर्न गएको बेला उनलाई बगाएर ढल हुँदै मनोहरा खोलासम्म पुर्‍याएको थियो। गाडीका सहचालकले पानीले बगाएपछि प्रहरीलाई खबर गरेका थिए।

मानिस हराएपछि बुधवारदेखि नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेनाको टोलीले खोजी गरिरहेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell