PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

प्रधानमन्‍त्रीले फेरि सारे मन्त्रिपरिषद् बैठक, के होला लकडाउनबारे निर्णय?



पहिलोपोस्ट

प्रधानमन्‍त्रीले फेरि सारे मन्त्रिपरिषद् बैठक, के होला लकडाउनबारे निर्णय?

काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीले बुधवार दिउँसो २ बजेका लागि बोलाएको बैठक सरेको छ।

प्रधानमन्त्री तथा मन्त्रीहरुले प्रतिनिधि सभामा सांसदहरुले बजेटमाथि उठाएका प्रश्नको जवाफ दिनुपर्ने भएकाले बैठक सरेको हो। अब बैठक आजै ५ बजेका लागि तय भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए। नियमित बैठकका रुपमा मन्त्रिपरिषद बस्न लागेको उनले बताए।

यसअघि मंगलवारका लागि तय भएको मन्त्रिपरिषद बैठक स्थगित भएको थियो। लामो समयदेखि लकडाउनको मोडालिटीबारे मन्त्रिपरिषद्ले निर्णय गर्ने भनिए पनि अनिर्णित हुँदै आएको छ।

प्रतिनिधि सभामा सांसदहरुलाई जवाफ दिने क्रममा प्रधानमन्त्रीले आजको मन्त्रिपरिषद् बैठकमा लकडाउन सरलीकरण गर्ने बारेमा निर्णय हुने जानकारी दिएका थिए। लकडाउनको मोडालिटीका बारेमा यसअघि ओलीले विभिन्न क्षेत्रका २५ जना विज्ञहरुसँग पनि छलफल गरेका थिए।

आइतबार अबेर रातिसम्म प्रधानमन्त्री आफैं सहभागी भई कोरोना रोकथाम तथा उच्चस्तरीय समितिको बैठकमा लकडाउन मोडालिटीबारे छलफल गरेका थिए। समितिमा कुनै निर्णय भने हुनसकेको थिएन।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell