PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

ट्रम्पको तथ्यहीन दावी, भन्छन् 'अमेरिकामा सर्वाधिक कोरोना संक्रमण पुष्टि हुनु सम्मानजनक विषय हो'



पहिलोपोस्ट

ट्रम्पको तथ्यहीन दावी, भन्छन् 'अमेरिकामा सर्वाधिक कोरोना संक्रमण पुष्टि हुनु सम्मानजनक विषय हो'
Photo : Shutterstock

अमेरिकन राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकामा कोरोना भाइरस संक्रमितको संख्या उच्च हुनुलाई 'ब्याच अफ अनर' अर्थात् सम्मानको बिल्ला भएको बताएका छन्। ह्वाइट हाउसमा आयोजित सम्मेलनमा उनले मानिसमा कोरोना भाइरस संक्रमण पुष्टि हुनुलाई परीक्षणको दायरा फराकिलो हुनुको परिणाम बताए

संक्रमण फैलिए पछिको पहिलो क्याबिनेट बैठकमा ट्रम्पले भने,'मैले यस विषय बारे सोचें। संक्रमितको संख्या धेरै देखिनुको अर्थ अमेरिकामा परीक्षण अरु देशमा भन्दा राम्रो भइरहेको छ। यो सम्मानजनक विषय हो।'

उनले आफू नराम्रो पक्षमा ध्यान नदिने सुनाउँदै भने,'हाललाई परीक्षण र उपचारमा खटिएका सबैमा सम्मान व्यक्त गरौं।'

तर, अक्सफोर्ड विश्वविद्यालयको एक अध्ययनका अनुसार अमेरिका परीक्षणको १६ औं स्थानमा पर्छ। जनसंख्याको हिसाबमा प्रत्येक हजार मानिसमा गरिएको परीक्षणको आधारमा अमेरिका दक्षिण कोरियाभन्दा अगाडि छ। तर, क्यानडा, न्यूजिल्याण्ड, आइसल्याण्ड लगायत देशहरुभन्दा पछाडि छ। मतलव ट्रम्पले अमेरिकामा सबैभन्दा धेरै परीक्षण भएको बताएपनि उनले दिएको जानकारी तथ्यहीन छ।

त्यहाँको 'कोभिड ट्र्याकिङ प्रोजेक्ट'ले जनाए अनुसार भने गत सातादेखि अमेरिकामा दैनिक तीनदेखि चार लाख मानिसमा संक्रमण परीक्षण भइरहेको छ।

जोन होप्किन्स विश्व विद्यालयका अनुसार अमेरिकामा मात्रै १५ लाख २८ हजार मानिस संक्रमित छन्। त्यस्तै करिव ९३ हजार मानिसले संक्रमणकै कारण ज्यान गुमाइसकेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell