PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

कैलालीमा लकडाउन : ५ नम्बर प्रदेशसँगको आउजाउमा पूर्ण रोक, अत्यावश्यक सेवाका गाडी अनिवार्य स्यानिटाइज गर्नुपर्ने



एम बम

कैलालीमा लकडाउन : ५ नम्बर प्रदेशसँगको आउजाउमा पूर्ण रोक, अत्यावश्यक सेवाका गाडी अनिवार्य स्यानिटाइज गर्नुपर्ने

कैलाली : कैलालीमा सोमवारबाट लकडाउनमा थप कडाइ गर्ने निर्णय भएको छ। जिल्ला सुरक्षा समितिको बैठकले ५ नम्बर प्रदेशमा कोरोनाको जोखिम बढिरहेको अवस्थालाई मध्यनजर गरेर लकडाउनमा थप कडाइ गर्ने निर्णय गरिएको हो। धनगढी लगायतका बजारहरु २५ गतेसम्म पूर्ण रुपमा बन्द गर्ने निर्णय गरेको जिल्ला प्रशासन कार्यालय कैलालीले जनाएको छ।

विगत दुई दिनदेखि दैनिक दुई घण्टा लकडाउन खुकुलो पारेको स्थानीय प्रशासनले आज अपरान्ह ४ बजेदेखि पुनः कडाई गरेको हो। कैलालीका प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराले चहलपहल बढेपछि लकडाउनमा कडाइ गर्ने निर्णय गरिएको बताए।

‘जनजीवन सहज बनाउन दुई घण्टा खुकुलो पारिएको लकडाउनमा सर्वसाधारणहरु निस्फ्रिक्री भएर सवारी साधन र पैदल निस्किने र पसलहरु खुल्ने क्रम तीव्र भएपछि लकडाउन पूर्ववत कडाई गर्ने निर्णय गरिएको हो,’ उनले भने।

जिल्ला प्रहरी कार्यालय कैलालीका निमित्त प्रमुख दक्ष कुमार वस्नेतका अनुसार सुदूरपश्चिम प्रदेश भित्रिने प्रमुख प्रवेशद्वार चिसापानी क्षेत्रबाट आउने सवारीहरुमा पूर्ण रुपमा रोक लगाइएको छ।

‘चिसापानी क्षेत्र र टीकापुर क्षेत्रको आउजाउमा समेत पूर्ण रोक लागाइएको छ’, उनले भने, ‘छिमेकी प्रदेशको बाँकेमा फैलिएको कोरोनाको जोखिम हाम्रो प्रदेश र विशेषगरी कैलालीमा पनि बढ्ने देखिएकाले यस्तो निर्णय गरेका हौँ। अत्यावश्यक सेवाका वस्तु ओसार्ने गाडी र एम्बुलेन्सहरु समेत चिसापानीबाट भित्रिदा अनिवार्य स्यानिटाइज गर्नुपर्ने गरी लकडाउन कडा पारिएको छ।’

कैलाली, कञ्चनपुरसहित सुदूरपश्चिममा भारतसँगका आउजाउले जोखिम कम हुन भने सकेको छैन। प्रदेशमा कोरोनाका परीक्षणको दर र दायरा बढाउनुपर्ने र भारतसँगको आउजाउ पूर्ण रोक लगाउनुपर्नेमा चिकित्सकहरुले जोड दिँदै आएका छन्। सेती प्रादेशिक अस्पतालका प्रवक्ता डा. जगदीश जोशीले प्रदेश अझै पनि कोरोनाको जोखिमबाट मुक्त भइ नसेककोले उक्त सतर्कता अपनाउन अति जरुरी रहेको बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell