PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

लकडाउनले प्रभावित बन्यो देवाली पूजा

लकडाउनले प्रभावित बन्यो देवाली पूजा


भक्तपुर : अक्षय तृतीयाको दिनदेखि नेवार समुदायमा देवाली पूजा गर्ने प्रचलन रहेको छ। विभिन्न जातीका मानिसले एक महिनासम्म आफूलाई पायक पर्ने गरी पूजा गर्ने गर्छन्। 

भक्तपुरमा अक्षय तृतियापछिको चौथो दिनमा देवाली गर्ने परम्परा रहेको छ। ब्रहमायणी, सिद्धपोखरी, रानीपोखरी, भाजु पुखु लगायतका स्थानमा भक्तपुरवासीले देवाली मनाउँदै आएका छन्। यहाँ अरु समयमा पनि पूजा गर्ने गरिन्छ तर आजको दिन धेरैले देवाली पूजा गर्ने गर्छन्। 

तर यसपटक भने कोरोना भाइरसको संक्रमण नियन्त्रणका गरिएको लकडाउनका कारण देवाली पूजालाई सिमित गरिएको छ। आज बिहान एक घराट थोरै संख्यामा मात्रै मानिस निस्किएर देवाली पूजामा सरिक भए। केहीले भने घरभित्रै बसेर पूजा गरे।  



ट्रेन्डिङ पोस्ट

Ncell