PahiloPost

May 3, 2024 | २१ बैशाख २०८१

'मृत्युको मुख'मा रहेका भनिएका उत्तर कोरियाली नेता किमको पत्र दक्षिण अफ्रिकी राष्ट्रपतिलाई, दक्षिण कोरिया भन्छ- तर्कहीन रिपोर्ट



'मृत्युको मुख'मा रहेका भनिएका उत्तर कोरियाली नेता किमको पत्र दक्षिण अफ्रिकी राष्ट्रपतिलाई, दक्षिण कोरिया भन्छ-  तर्कहीन रिपोर्ट

उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उनले दक्षिण अफ्रिकाका राष्ट्रपति सिरिल रामाफोसालाई पत्र पठाएका छन्। सोमवार उनले रामाफोसालाई पत्र लेख्दै त्यहाँको स्वतन्त्रता दिवसको अवसरमा शुभकामना व्यक्त गरेका हुन्।

दुई सातासम्म सरकारी मिडियामा नदेखिएका उनले पछिल्लो समय कूटनीतिक पत्राचारलाई अगाडि बढाएका हुन्। उत्तर कोरियाको सरकारी समाचार एजेन्सी केसीएनएले रामाफोसालाई पत्र लेख्दै उत्तर कोरियाका जनता र सरकारको तर्फबाट शुभकामना व्यक्त गरेको जनाएको छ।

उनले दक्षिण अफ्रिकाको राष्ट्रिय एकता तथा आर्थिक सामाजिक विकासमा सफलता हात पारोस् भन्ने शुभकामना दिएका हुन्।

उनले दुई देशबीच रहँदै आएको मित्रता र साझारीलाई थप बलियो हुँदै जाने आशा व्यक्त गरेका छन्।

अप्रिल १५ मा उत्तर कोरियाले मनाएको संस्थापक किम इल सङको जन्मोत्सव समारोहमा उनी अनुपस्थित भएसँगै उनको स्वास्थ्यको विषयमा मृत्युसम्मको हल्ला चल्दै आएको छ।

उत्तर कोरियाली नेता किम जोङ उनको स्वास्थ्यको विषयमा अन्तर्राष्ट्रिय मिडियामा अनेक चर्चा चलिरहे पनि उत्तर कोरिया यसबारे मौन रहँदै आएको दक्षिण कोरियाली समाचार संस्था योन्हापले जनाएको छ।

अप्रिल २१ मा सिएनएनले किमको स्वास्थ्य अवस्था नाजुक रहेको र मृत्युउन्मुख रहेको रिपोर्ट प्रकाशित गरेसँगै किमको स्वास्थ्यको विषयमा चर्चा चुलिँदै गएको हो।

उत्तर कोरियाको सरकारी सञ्चार माध्यमले किमले कूटनीतिक पत्राचार गरिरहेको र जनतालाई सम्मानस्वरुप उपहार पठाइरहेको रिपोर्ट प्रकाशित गरे पनि उनको स्वास्थ्यको विषयमा भने केही पनि खुलाएको छैन।

बुधवार त्यहाँको स्टेट मिडियाले किमले सिरियाका राष्ट्रपति बसर अल असादलाई बधाइ सन्देश पठाएका थिए। हजुरबुबा तथा उत्तर कोरियाका संस्थापक किम इल सङको जन्मदिनको अवसरमा उनले बधाइ व्यक्त गरेको बताइएको छ।

रिपोर्टमा उनको दुई साता अगाडिको तस्विर सार्वजनिक गरिएको छ। जतिबेला उनी पार्टीको पोलिटव्यूरोमा सहभागी भएका थिए।

तर, अप्रिल १५ मा सङको जन्मदिन समारोहमा उनको अनुपस्थितिलाई लिएर उनको स्वास्थ्यको विषयमा चर्चा चल्दै आएको छ। उनले २०११ मा सत्तामा आएसँगै यस कार्यक्रममा सहभागी हुँदै आएका थिए।

यद्यपि, दक्षिण कोरियाले भने उनको स्वास्थ्यको विषयमा त्यस्तो कुनै संकेत नदेखिएको बताएको छ

दक्षिण कोरियाको युनिफिकेसन मन्त्री किम यियोन चुलले मंगलवार किमको स्वास्थ्यको विषयमा आएका समाचारलाई गलत भन्दै ‘इन्फोडेमिक’को संज्ञा दिएका छन्।

‘यो एउटा इन्फोडेमिकको उदाहरण हो,’ उनले भनेका छन्, ‘हामीसँग त्यस्तो गुप्तचरी क्षमता छ, हामीले निर्धक्क भएर भन्न सक्छौं कि उत्तरमा त्यस्तो असामान्य संकेत देखिएको छैन।’ मन्त्री चुलले भनेका सिएनएनमा कुनै तर्क नरहेको बताएका छन्।

‘मलाई थाहा छ सिएनएनको रिपोर्ट डेली एनकेको रिपोर्टमा आधारित छ। त्यहाँ ह्याङसान स्वास्थ्य केन्द्रमा किमको शल्यक्रिया भएको उल्लेख छ,’ उनले भने, ‘यसमा कुनै तर्क छैन्। ह्याङसान स्वास्थ्य केन्द्र एउटा सामान्य क्लिनिक हो। यहाँ शल्यक्रिया गर्न सक्ने सुविधा र उपकरण नै छैन।’

उनले किमले कुमसुसान दरबारमा गत हप्ता भ्रमण नगर्नुको अर्थ कोरोना भाइरस विरुद्धको राष्ट्रव्यापी कदमको रुपमा ब्याख्या गरे।

सम्बन्धित समाचार : 

किम जोङको मृत्युको हल्लासँगै वनसनमा देखियो उनको रेल, चीनबाट चिकित्सकको टोली उत्तर कोरियातिर

किमको स्वास्थ्य अवस्था: मौन उत्तर कोरिया, उत्तराधिकारी खोज्दै बाँकी विश्व

किम जोङको मृत्युको हल्लासँगै वनसनमा देखियो उनको रेल, चीनबाट चिकित्सकको टोली उत्तर कोरियातिर

किम जोङ उनपछि कसले गर्ला उत्तर कोरियाको नेतृत्व?



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell