PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

अमेरिकी राष्ट्रपति ट्रम्पलाई उत्तर कोरियाली नेता किमको पत्र



अमेरिकी राष्ट्रपति ट्रम्पलाई उत्तर कोरियाली नेता किमको पत्र

वासिङ्टन : उत्तर कोरियाली नेता किम जोङ उनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई पत्र लेखेका छन्।

अमेरिकी राष्ट्रपति ट्रम्पले शनिवार उत्तर कोरियाली नेता किम बाट 'नाइस नोट' प्राप्त गरेको बताएका हुन्। उनले आफूहरुबीचको सम्बन्ध अझै राम्रो रहेकोसमेत बताएका छन्।

गत वर्ष फेब्रुअरीमा भएको दुई नेताबीचको वार्ता सफल हुन नसकेपछि त्यसयता कुरकानी हुन सकेको छैन। गत वर्ष फेब्रुअरीमा भियतनामको हानोइमा दुई नेताबीच वार्ता भएको थियो।

ट्रम्पले यसअघि किमलाई गत महिनामात्र कोरोना भाइरस पान्डेमिक विरुद्ध मिलेर लड्न भन्दै पत्र पठाएका थिए। ट्रम्पले महामारी विरुद्ध लड्न अमेरिकाले सहयोग गर्ने बताएका थिए।

शनिवार नियमित प्रेस ब्रिफिङका क्रममा ट्रम्पले भने, 'उत्तर कोरियाले छोटो दुरीको मिसाइल परीक्षण गरिरहेको मैले देखिरहेको छ। मैले हालै किमबाट नाइस नोट प्राप्त गरेको छु। यो वास्तवमै नाइस नोट हो। मलाई लाग्छ। हामीले राम्रो गरिरहेका छौं।'

ट्रम्पले किमसँग आफ्नो सम्बन्ध राम्रो भएको भन्दै शनिवार पनि आफू राष्ट्रपति नभएको भए 'दुई देशबीच युद्ध हुने थियो' भने।

दुई नेताबीच २०१८ यता तीन पटक भेट भएको छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell