PahiloPost

May 18, 2024 | ५ जेठ २०८१

विश्व बैंकको प्रक्षेपण: कोरोनाको आँधीले दक्षिण एसियाली देशहरु आर्थिक मन्दीको सिकार हुन सक्छन्



पहिलोपोस्ट

विश्व बैंकको प्रक्षेपण: कोरोनाको आँधीले दक्षिण एसियाली देशहरु आर्थिक मन्दीको सिकार हुन सक्छन्

काठमाडौं: विश्व बैंकले कोरोना भाइरसको प्रभावका कारण दक्षिण एसियाली देशहरु पछिल्लो ४० वर्षयताकै सबैभन्दा खराब आर्थिक मन्दीको सिकार हुनसक्ने प्रक्षेपण गरेको छ।

विकासशील दक्षिण एसियाका ८ देशमा विश्वको एक चौथाई जनसंख्या छ। आर्थिक मन्दीले गरिबीविरुद्ध लडाईंमा दशकौको प्रगति जोखिममा पर्ने चिन्ता पनि गरिएको छ। कोरोना रोक्न गरिएको लकडाउनले गरिब कामदारको रोजगार बन्द हुने र यसले समस्या ल्याउने विश्व बैंकको भनाई छ।

'दक्षिण एसियाको अर्थतन्त्रमा प्रतिकुल प्रभावहरूको आँधी आउँदैछ,' आइतबार सार्वजनिक विश्व बैंकको एक रिपोर्टमा भनिएको छ, 'पर्यटन सुकेको छ। आपूर्ति प्रक्रियाहरु अवरुद्ध भएको छ। गारमेन्टको माग खस्किएको छ। उपभोक्ता र लगानीकर्ताको भावना बिग्रिएको छ।'

रिपोर्टमा अहिले कोरोनाको प्रभाव धेरै नदेखिए पनि यो बढ्दै गइरहेको र कोरोनाको सम्भावित आँधीले दक्षिण एसियाको अर्थतन्त्रमा ठूलो धक्का पुग्ने उल्लेख छ।

विश्व बैंकका अनुसार यी देशहरुमा अब १ दशमलव ८ देखि २ दशमलव ८ प्रतिशतसम्म विकासदर हुन सक्छ। यद्यपि ६ महिनाअघि मात्रै ६ दशमलव ३ प्रतिशत विकासदर हुने अनुमान गरिएको बीबीसी हिन्दीले जनाएको छ।

दक्षिण एसियाको महाशक्ति भारतमा आर्थिक विकासदर १ दशमलव ५ देखि २ दशमलव ८ प्रतिशतसम्म हुने अपेक्षा गरिएको छ। अन्य देश श्रीलंका, नेपाल, भुटान र बंगलादेशमा आर्थिक विकासमा भारी गिरावट आउने अनुमान गरिएको छ।

पाकिस्तान, अफगानिस्तान र माल्दिभ्स मन्दीको सिकार हुन सक्छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell