PahiloPost

May 17, 2024 | ४ जेठ २०८१

स्वास्थ्य मन्त्रालयलाई चिकित्सक संघको चुनौती : डाक्टरलाई के आधारमा बर्खास्त गर्न लागेको?



स्वास्थ्य मन्त्रालयलाई चिकित्सक संघको चुनौती : डाक्टरलाई के आधारमा बर्खास्त गर्न लागेको?
फाइल फोटो

काठमाडौं : नेपाल चिकित्सक संघले सरकारले कोरोना(कोभिड १९)को उपचारमा बाधा पुर्‍याउने चिकित्सकलाई कारवाही गर्ने सरकारको निर्णयप्रति आपत्ति जनाएको छ।

संघले विज्ञप्ति जारी गरी चिकित्सकलाई कुन आधारमा बर्खास्त गर्न खोजेको भन्दै स्वास्थ्य मन्त्रालयलाई प्रश्न गरेको छ।

'स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आँखामा चिकित्सक तथा स्वास्थ्यकर्मीहरुले कुन फौजदारी अभियोग गरे वा कस्तो भ्रष्टाचारमा लिप्त भएको प्रमाणिकरण गरेर कसलाई स्वास्थ्य सेवाबाट बर्खास्त गर्दै हुनुहुन्छ?', संघको विज्ञप्तिमा भनिएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चैत १९ को सचिव स्तरीय निर्णय अनुसार कोरोना उपचारलगायत अन्य स्वास्थ्य सेवा संचालनमा बाधा पुयाउने चिकित्सक तथा स्वास्थ्यकर्मीलाई भविश्यमा अयोग्य हुने गरी कारवाही गर्ने निर्णय गरेको थियो।
नैतिक पतन देखिने फौजदारी अभियोगमा अदालतबाट कसुरदार ठहरिएमा र भ्रष्टचार गरेमा मात्र स्वास्थ्य सेवाको निम्ति अयोग्य ठहरिने कानुनी व्यवस्था रहेको संघले जनाएको छ।

मन्त्रालयको ठाडो आदेशले देशभरका चिकित्सक चिन्तित भएको संघले बताएको छ।

'यहाँको निर्णयले नेपाल मेडिकल काउन्सिल जस्तो स्वायत्त संस्थालाई दिइएको नियमसम्मत नसुहाउने ठाडो आदेशका कारण देशभरका सम्पूर्ण स्वास्थ्यकर्मी तथा चिकित्सकहरु चिन्तित भएका छन्', संघले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell