PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

उत्तर कोरियाको दावी : कोभिड-१९ को संक्रमण शून्य छ



पहिलोपोस्ट

उत्तर कोरियाको दावी : कोभिड-१९ को संक्रमण शून्य छ
File Photo: KCNA/Reuters

उत्तर कोरियाले आफ्नो देशमा कोरोना भाइरस (कोभिड-१९)बाट कोही पनि संक्रमित नभएको दावी गरेको छ। विश्वभर कोभिड-१९ बाट संक्रमित हुनेको संख्या १० लाख पुग्नै लाग्दा संशयका बीच एक वरिष्ठ स्वास्थ्य अधिकारीले उत्तर कोरिया ‘कोरोना भाइरस-फ्री’ रहेको बताएका हुन्

आणविक सशस्त्रयुक्त देश उत्तर कोरिया पहिले देखि नै एक्लिएको मानिन्थ्यो। गत जनवरीमै चीनमा भाइरस आउटब्रेक भएको समाचार आउनासाथ आफ्ना सबै नाका बन्द गरी कठोर नियन्त्रणका रणनीतिहरु अपनाएको बताइएको छ।

उत्तर कोरियाको केन्द्रीय आपतकालीन महामारी नियन्त्रण मुख्यालयका निर्देशक पाक म्योङ सूले सबै नियन्त्रणका प्रयासहरु सफल भएको दावी गरे।

‘हाम्रोे देशमा हालसम्म एक जना मानिस पनि नोभेल कोरोना भाइरसबाट संक्रमित भएको छैन’, पाकले भने, ‘हामीले देश भित्रिने हरेकको परीक्षण गर्ने र उनीहरुलाई क्वारेन्टाइनमा राख्नेदेखि सबै सामानहरुलाई किटाणुरहित बनाउने जस्ता पूर्वसतर्कता तथा वैज्ञानिक विधिहरु अपनायौँ। त्यति मात्रै नभई हामीले सबै नाका बन्द गरी सामुद्रिक तथा हवाई मार्गहरु पनि अवरुद्ध गरौँ।’

यता विश्वभरका सबैजसो देशहरुमा भने कोरोना संक्रमण फैलिसकेको छ। विश्व स्वास्थ्य संगठनले विश्वभर कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या १० लाख पुग्ने क्रममा रहेको बताएको छ।

चीन बाहिर दक्षिण कोरियोमा यसको सुरुवाती समयमै आउटब्रेक देखिएको थियो। कोरोना भाइरसका कारण संसारभर ४५ हजार भन्दा बढी मानिसको मृत्यु भएको छ।

कमजोर स्वास्थ्य प्रणाली तथा अन्तर्राष्ट्रिय प्रतिबन्धहरुका कारण उत्तर कोरिया कोरोना भाइरसको लागि विशेष रुपमा नै संवेदनशील रहेको विज्ञहरुले बताएका छन्। यस्ता कारणहरुले देशमा खाद्यान्न संकट पनि देखिएको बताइएको छ।

संयुक्त राष्ट्र संघले उत्तर कोरियाका लगभग आधाजसो अर्थात १ करोड बढी जनसंख्या अभावबाट गुज्रिरहेको र करिब ४१ प्रतिशत नागरिकहरु कुपोषित रहेको अनुमान गरेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell