PahiloPost

May 8, 2024 | २६ बैशाख २०८१

कोरोना संकट : दिल्लीमा घरभाडा मिनाहा गर्न केजरीवालको आग्रह, छुट दिने घरबेटी बढ्दै



पहिलोपोस्ट

कोरोना संकट : दिल्लीमा घरभाडा मिनाहा गर्न केजरीवालको आग्रह, छुट दिने घरबेटी बढ्दै

काठमाडौं: कोरोना भाइरसको संक्रमणको बढ्दो जोखिमले सबै कुरा ठप्प हुँदा भारतको नयाँदिल्लीमा घरभाडा मिनाहा गर्ने अभियान चलेको छ। कोरोनाले भाडामा बस्नेहरुको रोजिरोटी खोसिएपछि घरबेटीहरुले एकदेखि ३ महिनासम्मको भाडा मिनाहा गर्न थालेका छन्।

मंगलबारको पत्रकार सम्मेलनमा दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले घरभाडा मिनाहा गर्ने घरबेटीको नाम लिँदै मिनाहा गर्न सबै घरबेटीलाई आह्वान गरे। उनले कोरोनाले सबैभन्दा बढी मजदुरलाई समस्या परेको भन्दै उनीहरुलाई सके छुट नसके घरभाडा लिने समय थप्न तथा किस्ता किस्तामा लिन आग्रह गरे। संकटका बेला मानवीयता देखाउनुपर्ने उनको भनाई थियो।

यसअघि नेपालमा पनि केही घरबेटीले एकदेखि तीन महिनासम्मको भाडा नलिने घोषणा गरेका थिए। काठमाडौंमा पनि भाडा मिनाहा गर्ने घरबेटीको संख्या बढ्दो छ।

आजको पत्रकार सम्मेलनमा मुख्यमन्त्री केजरीवालले पछिल्लो ४८ घण्टामा दिल्लीमा एउटा पनि कोरोना संक्रमित नभेटिएको जानकारी दिँदै सतर्कता अपनाउन आग्रह गरेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell