PahiloPost

May 18, 2024 | ५ जेठ २०८१

कोरोना रोकथाम कोषलाई उपराष्ट्रपति पुनले एक महिनाको तलब दिने



पहिलोपोस्ट

कोरोना रोकथाम कोषलाई उपराष्ट्रपति पुनले एक महिनाको तलब दिने
फाइल फोटो।

काठमाडौं : उपराष्ट्रपति नन्दबहादुर पुनले कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषलाई आफ्नो एक महिनाको तलब दिने घोषणा गरेका छन्।

सोमवार उपराष्ट्रपतिको निजी सचिवालयले विज्ञप्ति जारी गरेर कोरोना संक्रमण फैलिन नदिने सरकारको अभियानलाई साथ दिँदै एक महिनाको तलब प्रदान गरिने जानकारी दिएको हो।

त्यस्तै, उपराष्ट्रपति पुनले सर्वसाधारणलाई नआत्तिन, धैर्य गर्न र उच्च मनोबलका साथ कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि सरकारको प्रयासमा पूर्ण साथ दिन अपिल गरेका छन्।

सरकारले आइतवार कोरोना भाइरस संक्रमण रोक्न ५० करोडको कोष स्थापना गरेको थियो। कोषमा प्रधानमन्त्री केपी शर्मा ओलीसहित सबै मन्त्रीले एक महिनाको तलब जम्मा गर्ने निर्णय गरिरहेकाका बेला उपराष्ट्रपतिले एक महिनाको तलब दिने भएका हुन्। कोषमा सभामुख, सांसदहरु, निजी क्षेत्र, कर्मचारीले रकम जम्मा गरिरहेका छन्। यसअघि राष्ट्रपति विद्यादेवी भण्डारीले कोषलाई दुई महिनाको तलव दिने घोषणा गरेकी थिइन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell