PahiloPost

May 5, 2024 | २३ बैशाख २०८१

कोरोनालाई लिएर सतर्कता : यस वर्ष सेतो मछिन्द्रनाथको रथ यात्रा नहुने



कोरोनालाई लिएर सतर्कता : यस वर्ष सेतो मछिन्द्रनाथको रथ यात्रा नहुने

काठमाडौं : यो वर्ष आर्यवलोकितिश्वर (सेतो मछिन्द्रनाथ) को रथ यात्रा नहुने भएको छ। विश्वभर कोरोना भाइरसको संक्रमण फैलिरहेकोले सतर्कता अपनाउँदै यस वर्ष रथ यात्रा नगर्ने निर्णय सेतो मछिन्द्रनाथ रथयात्रा ११४० व्यवस्थापना समितिको आज बसेको बैठकले निर्णय गरेको हो।

यो वर्ष चैत्र १९ देखि २१ सम्म रथयात्रा गरिने तय भएको थियो। पहिलो दिन जमलबाट तानेर असन , दोस्रो दिन असनबाट हनुमानढोका र तेस्रो दिन हनुमानढोकाबाट लगन पुर्‍याएर राथयात्रा टुंगिने गरिन्थ्यो। सरोकारवालाहरुसँग बसेको बैठकमा यस वर्ष आवश्यक र अनिवार्य विधि विधान अनुसार पूजा मात्र गर्ने र रथ यात्रा नगर्ने निर्णय गरेको काठमाडौं महानगरपालिका वडा २५ का वडा अध्यक्ष निलकाजी शाक्यले जानकारी दिए।

रथयात्राका समयमा हजारौं मानिस सहभागी हुने भएकाले र संक्रमण फैलिने डर बढी हुने भएकोले जात्रा नै स्थगित गरिएको उनले बताए। जात्रा नहुने भएपछि सेतो मछिद्रनाथमा क्षमा पुजा गरिनेछ।

यसअघि पाहाँ:चर्ह्रे जात्रामा असन र टुँडिखेलमा अजिमाहरुको खट नजुधाउने निर्णय गरिएको थियो। काठमाडौं महानगरपालिकाले पनि महानगरभित्र रहेका मठमन्दिरहरुमा भक्तजनहरुलाई हाललाई प्रवेश निषेध गर्ने निर्णय गरिसकेको छ। हाललाई संकटा महांकाल मन्दिर र वटु भद्रकाली मन्दिरमा भक्तजनहरुलाई प्रवेश निषेध गरिएको छ। पशुपतिनाथ मन्दिरमा समेत भक्तजनहरुलाई प्रवेश गराउने नगराउने भन्ने विषयमा छलफल भइरहेको छ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell