PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

प्रधानमन्त्री ओलीको उपचार उधारोमा, 'सरकारले तिर्छ वा प्रधानमन्त्री आफैंले?'



प्रकाश भण्डारी

प्रधानमन्त्री ओलीको उपचार उधारोमा, 'सरकारले तिर्छ वा प्रधानमन्त्री आफैंले?'

काठमाडौं :  प्रधानमन्त्री केपी शर्मा ओलीको दोस्रो पटक मिर्गौलापछि शुक्रवार साँझ डिस्चार्ज भएका छन्। त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा प्रधानमन्त्री ओलीको फागुन २१ गते मिर्गौला प्रत्यारोपण भएको थियो। 

प्रधानमन्त्रीको उपचार खर्च भने अनुमानित पाँच छ लाख लागेको अस्पतालले जनाएको छ। उपचार खर्च कसले तिर्ने भन्नेबारेमा निर्णय भइनसकेको 
अस्पतालका कार्यकारी निर्देशक प्राडा  प्रेमकृष्ण खड्गाले बताए। उनले भने, 'उपचार खर्च अनुमानित पाँच छ लाख लागेको छ। पैसा सरकारले तिर्छ वा उहाँबाट आउँछ, हामीलाई थाह हुन्न।'

प्रधानमन्त्री अस्पतालबाट डिस्चार्ज भएपछि बालुवाटारस्थित सरकारी निवास लागेका छन्। अबको तीन दिनपछि काममा फर्कन सक्ने निर्देशक खड्गाले बताए। बालुवाटारमा पनि उनलाई निजी चिकित्सक डा दिव्यसिहं शाहको नेतृत्वमा हेरचाह हुनेछ। यद्यपि, केही परेमा फेरि ल्याउनुपर्ने हुनसक्ने डा खड्काले बताए। 

उपचारपछि डिस्चार्जको बेला मिर्गौला प्रत्यारोपण गर्ने टोलीलाई धन्यवाद दिएको खड्गाले जानकारी दिए।

शिक्षण अस्पतालमा प्रा. डा. प्रेमराज ज्ञवालीको नेतृत्वको टोलीले ओलीको मिर्गौला प्रत्यारोपण गरेका थिए। फागुन १९ गते अस्पताल भर्ना भएका ओलीलाई भाञ्जी समीक्षा संग्रौलाले मिर्गौला दिएकी थिइन्। समीक्षा भने यसअघि नै डिस्चार्ज भइसकेकी छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell