PahiloPost

May 15, 2024 | २ जेठ २०८१

इसाई गाउँपालिका उपाध्यक्षसँग राप्रपा एकताबारे पाँच प्रश्न, 'गीता छुँदैमा सबै हिन्दु नै हुनुपर्छ भन्ने छैन'



फूलमाया पुरी

इसाई गाउँपालिका उपाध्यक्षसँग राप्रपा एकताबारे पाँच प्रश्न, 'गीता छुँदैमा सबै हिन्दु नै हुनुपर्छ भन्ने छैन'
फाइल फोटो

धादिङको रुबीभ्याली गाउँपालिकाकी उपाध्यक्ष बिना लामा राप्रपाबाट निर्वाचित हुन्। राप्रपाले हिन्दु राष्ट्रको माग गर्दै आए पनि सर्वधर्मलाई अगाँल्ने जनाएको थियो।

बुधवारको एकता घोषणा सभामा भने अध्यक्षहरुले गीता छोएरै राप्रपा नफुटाउने कसम खाए। इसाई धर्म मान्ने बिना पनि गीता छोएर कसम खानु कुनै अनौठो नभएको बताउँछिन्।

राप्रपा एकता कार्यक्रममा आउन भ्याउनुभएन?

म गाउँपालिका तिरै छु। जनताबाट निर्वाचित प्रतिनिधि भएकोले विकास निर्माणका काममा व्यस्त भएँ। घोषणासभामा आउन पाइनँ।

पार्टी एकताप्रति बेखुसी भएर हो कि?

पार्टी एकता भएको त राम्रो कुरा हो। पहिला फुटेको थियो। तर अब मिलेको छ। यो त उल्लासको दिन हो। जनताको अगाडि विश्वास दिलाएको खण्डमा पुन शक्तिशाली पार्टी बन्न सक्छ।

पार्टी नेताहरुले गीता छोएर पार्टी फुटाउँदिन भने नि, तपाईं त इसाई, यसलाई कसरी लिनु भएको छ?

राष्ट्रियता नारामा हिन्दु राष्ट्रको कुरा त आएको छ। तर सबै हिन्दु हुनुपर्छ भन्ने छैन। सर्वधर्म सहितको कुरा आएको हो।

यसले धर्मनिरपेक्षतालाई कस्तो असर गर्ला?

हिन्दु राष्ट्र पहिचानको लागि मात्र हो। म आफै पनि क्रिश्चियन हुँ। यसले मलाई त कुनै असर गरेको छैन। त्यसैले मलाई लाग्छ यसले अन्य धर्म लिनेलाई कुनै असर गर्दैन होला।

इसाई धर्म अवलम्बन गरेका पार्टीका साथीहरु यसबारे के भन्नु हुन्छ?

मैले अघि नै भने पार्टीको विधान भनेको राष्ट्रको पहिचानका लागि हो। फेरि जुन धर्म माने पनि त सत्यको पछि नै लाग्ने हो। त्यसैले अन्य धर्ममा लागेकाले कुनै फरक पार्दैन। राप्रपामा सबै धर्मावलम्बीहरु समावेश हुन पाउँछन्। विस्तारै यस कुरालाई बुझाउँदै जान सकिन्छ र सबैले बुझ्ने पनि छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell