PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

शुक्रवारदेखि भारतमा प्रदर्शन हुँदै ‘हजार जुनीसम्म’



शुक्रवारदेखि भारतमा प्रदर्शन हुँदै ‘हजार जुनीसम्म’

काठमाडौं : गत साउनमा प्रदर्शनमा आएको फिल्म ‘हजार जुनीसम्म’ भारतमा रिलिज हुने भएको छ। विकासराज आचार्य निर्देशित यस फिल्म भारतको नेपाली भाषी बसोबास गर्ने दार्जिलिङ, सिक्कम, लगायतको स्थानमा प्रदर्शन हुन लागेको निर्माण टिमले जनाएको छ।

यहि फिल्मको लागि आर्यन सिग्देल यतिबेला भारत पुगेका छन्। भारतका विभिन्न स्थानमा उनी अभिनित ‘हजार जुनिसम्म’ रिलिज हुने भएपछि यसको प्रचारका लागि उनी त्यँहा पुगेका हुन्। साउनमा रिलिज भएको यस फिल्म नेपालमा भने व्यापारिक रुपमा सफल भएन। 

लभस्टोरी जनरामा निर्माण भएको उक्त फिल्म आँउदो मार्च १३ देखि सिलीगुरीको इनोक्स सिटी सेन्टर, इनोक्स भेजा मल, कार्निभलमा प्रदर्शन हुँदैछ।

यसैगरी दार्जिलिङको इनोक्स रिङ्क मल, कुर्सियोङ्गको फान्टासिया, कालिम्पुङको ड्रिम थियटर, सिक्किमको पनि ड्रिम थियटर, गान्तोकको डेन्जोङ्ग हल र नाम्चीको इपेरियल टाकिजमा लगायतका हलमा फिल्म प्रदर्शन हुँदैछ। फिल्मको छायांकन सिक्किम र दार्जिलिङमाको रमणीय दृश्यमा गरिएको छ।

फिल्ममा स्वस्तिमा खड्का अनुभव रेग्मी, सलोन बस्नेत, सञ्चिता लुईंटेल, शिवहरी पौडेललगायतका कलाकारहरु पनि अभिनय रहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell