PahiloPost

May 21, 2024 | ८ जेठ २०८१

नयाँ भारतीय राजदूत राजनीतिक भेटमा तीव्रता, उपराष्ट्रपति पुन र उपप्रधानमन्त्री पोखरेललाई भेटे आजै



नयाँ भारतीय राजदूत राजनीतिक भेटमा तीव्रता, उपराष्ट्रपति पुन र उपप्रधानमन्त्री पोखरेललाई भेटे आजै

काठमाडौं :  नेपालका लागि नवनियुक्त भारतीय राजदूत विनय मोहन क्वात्राले राजनीतिक भेटलाई तिब्रता दिएका छन्।

गत शनिवारमात्र नेपाल आइपुगेका उनले बिहीवार शीतल निवासमा पुगेर आफ्नो ओहोदाको प्रमाणपत्र बुझाए। यससँगै उनले राजनीतिक भेटलाई तिब्र पारेका हुन्।

उनले बिहीवार नै उपराष्ट्रपति नन्दबहादुर पुनसँग भेटवार्ता गरे। भेटवार्ताका क्रममा दुई देशबीचको आपसी सम्बन्धको विषयमा कुरा भएको भारतीय दूतावासले जनाएको छ।

त्यस्तै उनले उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलसँग पनि भेट गरेका छन्। दुई देशबीचको भेटवार्ताका क्रममा नेपाल भारत सम्बन्धलाई थप उचाइमा पुर्‍याउने विषयमा छलफल भएको बताइएको छ।

भेटका क्रममा उपप्रधानमन्त्री पोखरेलले क्वात्राको कार्यकालमा दुई देशबीचको सम्बन्ध थप उचाइमा पुग्ने विश्वास व्यक्त गरेका छन्।

आज भएको भेटमा राजदूत क्वात्राले 'ह्वाट गान्धी मिन टु मी' पुस्तक उपहार दिएका छन्। पुस्तकमा प्रधानमन्त्री केपी शर्मा ओलीको लेखसमेत समावेश गरिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell