PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाबारे बुझ्न उपाध्यक्ष गौतम अस्पतालमा



प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाबारे बुझ्न उपाध्यक्ष गौतम अस्पतालमा

काठमाडौं : बुधवार मिर्गौला प्रत्यारोपण गरेका प्रधानमन्त्री एवम् नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओलीको स्वास्थ्य अवस्थाबारे बुझ्न नेकपा उपाध्यक्ष वामदेव गौतम अस्पताल पुगेका छन्।

बिहीवार महाराजगन्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल पुगेर गौतमले ओलीको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका हुन्। उपाध्यक्ष गौतमले प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था सुधार हुँदै गएको आफूले चिकित्सकबाट जानकारी पाएको बताए।

बुधवार प्रधानमन्त्री ओलीको दोस्रो पटक मिर्गौला प्रत्यारोपण गरिएको हो। ओलीलाई झापा घर भएकी भान्जी नाता पर्ने समीक्षा संग्रौलाले मिर्गौला दिँदै छिन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell