PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

राष्ट्रिय सभामा नेकपा प्रवक्ता नारायणकाजीको इन्ट्री : कांग्रेसलाई दिए तीन सुझाव, 'बीपी पनि कमरेड'



राष्ट्रिय सभामा नेकपा प्रवक्ता नारायणकाजीको इन्ट्री : कांग्रेसलाई दिए तीन सुझाव, 'बीपी पनि कमरेड'

काठमाडौं : राष्ट्रिय सभाको आजको बैठक अरु दिनको भन्दा फरक रह्यो। दुइ वर्षको कार्यकाल सकिएका सांसदहरुको बिदाईपछि नयाँ सांसदलाइ स्वागत गर्‍यो सभाले।

त्यसमध्येका एक स्वागत थाप्ने सांसद हुन् नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठ।

उनलाइ नेकपाले राष्ट्रिय सभामा मनोनित गरेपछि राष्ट्रिय सभामा प्रवेश भएका हुन्।

बीपी पनि कमरेड

राष्ट्रिय सभाको सपथ खाएको पहिलो दिन उनले आफ्नो सम्बोधनको सुरुमै शहीदहरुलाइ सम्झिए।

'नेपाल कम्यनिष्ट आन्दोलनका योद्धा कमरेड पुष्पलाल, मनमोहन र कमरेड विपी कोइराला', उनी कमरेड बीपी भन्ने वितिकै रोकिए र भने, 'उहाँ पनि कमरेड नै हो उहाँले पनि कमरेड भन्नुहुन्थ्यो।'

उनले सम्बोधनमा प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य लाभको कामना गरे।

अब समृद्ध नेपाल बनाउनुको विकल्प नभएको बताउन भ्याए उनले।

सरकारसँग विकास निर्माण गर्न सकिएन भन्ने कुनै वाहाना नभएको उनको भनाइ छ।

'हामीसँग बहुमत छ, संविधान छ र स्थायी सरकार छ। त्यसैले अब विकास निर्माण गर्न सकिएन भन्ने कुनै वाहाना छैन', श्रेष्ठले भने।

सरकारले आफ्ना कामको समिक्षा फेरि गर्ने उनले बताए।

कांग्रेसलाई नारायणकाजीका तीन अपिल

उनले कांग्रेसलाई नेपालको भौगोलिक अखण्डतामा सहकार्य गर्न आग्रह गरे।

लोकतन्त्रको अभ्यासमा पनि काँग्रेसलाइ सहकार्य गर्न उनको अपिल छ। 'नेपालको लोकतन्त्र नयाँ मोडलको लोकतन्त्र हो। यसलाई अझ नयाँ बनाउदै जानुपर्छ। लोकतन्त्रविरुद्ध हुने काममा प्रतिपक्षले पनि सहकार्य गरोस्।'

उनले विकास निर्माणका काममा पनि कांग्रेसलाइ सहकार्य गर्न अपिल गरे।

'लोकतन्त्रमा जनताले निर्वाचित गरेर सत्ता निर्माण हुन्छ। सत्ता थोरै निरंकुश हुने खतरा हुन्छ। सत्तामा हुनेले निरंकुश हुने प्रवृतिबाट बच्नु पर्छ। विपक्षी पनि विरोध वादमा फस्ने खतरा हुन्छ। सरकार निरंकुश हुने खतरा हुन्छ।'

सरकार वैचारिक विचलनमा

उनले सरकारको कामको आलोचना गर्दै वैचारीक विचलन र भ्रष्टचारबाट बाहिर निस्कन आग्रह गरे। 'वैचारिक विचलन र भ्रष्टाचारबाट बाहिर आएर काम गर्नुपर्छ अब', उनले भने।

उनले सरकारले आफ्ना कामको पुन समिक्षा गर्ने बताए। सरकारलाई शासन गर्नका लागि नभई लोकतन्त्र रक्षाका लागि जनताले जिताएको उनको भनाइ थियो।

विकास निर्माणमा सरकारको मात्रै सहकार्य नभई कांग्रेसको साथको जरुरी भएको उनको तर्क छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell