PahiloPost

May 18, 2024 | ५ जेठ २०८१

इरानका उपराष्ट्रपतिमा देखियो कोरोना भाइरसको संक्रमण



पहिलोपोस्ट

इरानका उपराष्ट्रपतिमा देखियो कोरोना भाइरसको संक्रमण
Photo: Fatemeh Bahrami/Anadolu Agency, via Getty Images

काठमाडौं : इरानका उपराष्ट्रपति मासूमेह एब्टेकरमा कोरोना भाइरसको संक्रमण देखिएको छ। इरानमा कोरोना भाइरसबाट संक्रमित हुने उनी उच्च अधिकारी हुन्। यसअघि उपस्वास्थ्य मन्त्री इराज हरिर्चीलाई कोरोना भाइरस देखिएको थियो।

उपराष्ट्रपति एब्टेकर वरीयतामा राष्ट्रपति हसन रुहानीपछिको शक्तिशाली नेतृ हुन्। इरानमा ४ उपराष्ट्रपति छन्। इरानमा राष्ट्रपति रुहानीको अध्यक्षतामा क्याविनेट बैठक बसेको एक दिनपछि बिहीबार उपराष्ट्रपति एब्टेकरलाई कोरोना भाइरस पोजेटिभ देखिएको न्युयोर्क टाइम्सले जनाएको छ। बैठकमा उपराष्ट्रपति एब्टेकर राष्ट्रपतिको छेउमै बसेकी थिइन्।

उपराष्ट्रपति एब्टेकरलाई घरमै क्वारेन्टाइनमा राखिएको उनका सहयोगीले बताएका छन्। उनी इरानमा कोरोना संक्रमण हुने सातौँ उच्च अधिकारी हुन्। जसमा एक जनाको मृत्यु भइसकेको छ।

इरानमा कोरोनाबाट हालसम्म २६ जनाको मृत्यु भइसकेको छ भने २४५ भन्दा बढी संक्रमित देखिएका छन्। तर, स्वास्थ्य विज्ञहरुले भने इरानमा तीव्र रुपमा कोरोनाको संक्रमण फैलिरहेको र संख्या एक हजारभन्दा माथि पुगेको बताएका छन्।

चीनको वुहानबाट फैलिएको कोरोना भाइरस विश्वका ४७ देशमा पुगिसकेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell