PahiloPost

May 17, 2024 | ४ जेठ २०८१

‘मिस नेपाल पिस २०२०’का लागि पहिलो अडिसनबाट १८ युवती छनोट



‘मिस नेपाल पिस २०२०’का लागि पहिलो अडिसनबाट १८ युवती छनोट

काठमाडौं : ‘मिस नेपाल पिस २०२०’ प्रतियोगिताका लागि १८ युवती छानिएका छन्। राजधानीमा हालै आयोजित प्रथम चरणको अडिसनबाट ती युवतीहरु अन्तिम स्पर्धाका लागि छानिएका हुन्।

प्रतियोगिताको पहिलो चरणको अन्तिम अडिसन २४ फागुनसम्म चल्नेछ। जसबाट आयोजकले २५ प्रतियोगी छान्नेछन्।

नर्सिङ पेशाको सम्मान गर्दै, नर्सहरुमा रहेका आन्तरिक प्रतिभा प्रस्फुटन गर्ने, उनीहरुको कार्यदक्षता वृद्धि र आत्मनिर्भर गराउने उद्देश्यले आयोजित सौन्दर्य प्रतियोगिताको यो ७ औँ संस्करण हो। प्रतियोगितामा १६ देखि २८ वर्षसम्मका कम्तिमा ५ फिट उचाइ भएका अविवाहित युवतीहरुको सहभागिता रहनेछ।

‘मिस नेपाल पिस’को फाइनल प्रतिस्पर्धा आगामी चैतको अन्तिम साता हुने बताइएको छ। विभिन्न अडिसनबाट छानिएका प्रतियोगीहरु शीर्ष उपाधिका लागि यसमा भिड्ने छन्।

पहिलो चरणको अडिसनबाट छनोट भएका प्रतियोगीहरु कोरियोग्राफर रोजिन शाक्यको नेतृत्वमा विभिन्न अन्तर्राष्ट्रिय प्रशिक्षकद्वारा प्रोटिन अवेरनेस, व्यक्तित्व विकास, सञ्चारकला लगायत प्रशिक्षणमा सहभागी गराइने बताइएको छ।

ट्यालेन्ट शो, स्टेज पर्फमेन्स लगायत विभिन्न चरण पार गर्दै फाइनलमा उपाधिका लागि भिड्ने छन्। विजेताले चीनमा आयोजना हुने ‘मिस वर्ल्ड पिस’मा नेपालको प्रतिनिधित्व गर्ने तथा इन्डोनेसियाको बाली भ्रमणको ट्रिप समेत प्राप्त गर्ने आयोजक नेक्स्ट मोडल्स नेपालका अध्यक्ष रवि धमलाले जानकारी दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell