PahiloPost

May 20, 2024 | ७ जेठ २०८१

गोकुल बाँस्कोटालाई विमानस्थलमा नेविसंघले देखायो कालो झन्डा



गोकुल बाँस्कोटालाई विमानस्थलमा नेविसंघले देखायो कालो झन्डा
फाइल फोटो।

काठमाडौं : नेपाल विद्यार्थी संघका कार्यकर्ताहरुले सञ्चारमन्त्री गोकुल बाँस्कोटालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कालो झण्डा देखाएका छन्।

कञ्चनपुरबाट राजधानी फर्कदै गर्दा मन्त्री बाँस्कोटालाई विमानस्थलमा कालो झण्डा देखाइएको नेविसंघका महामन्त्री दिपक भट्टराईले जानकारी दिए।

कालो झण्डा देखाउने क्रममा नेविसंघका नेता विष्णुहरी खड्कालाई प्रहरीले पक्राउ गरेको छ। 

सेक्युरिटी प्रेस खरिदबारे विदेशी कम्पनीका एजेन्टसँग कमिसन मागेको अडियो सार्वजनिक भएपछि मन्त्री बाँस्कोटाको विरोध गर्दै नेविसंघका कार्यकर्ताले कालो झण्डा देखाएका हुन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell