PahiloPost

May 21, 2024 | ८ जेठ २०८१

त्रिकोणात्मक सिरिजमा नेपालले आज ओमनको सामना गर्दै, कप्तान मल्ल भन्छन् : उत्साहित छौं



पहिलोपोस्ट

त्रिकोणात्मक सिरिजमा नेपालले आज ओमनको सामना गर्दै, कप्तान मल्ल भन्छन् : उत्साहित छौं

काठमाडौं : विश्वकप लिग २ अन्तर्गतको नेपाल, ओमन र अमेरिका सम्मिलित त्रिकोणात्मक एकदिवसीय सिरीज आजबाट शुरु हुँदैछ। कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा आज नेपालले ओमनसँग खेल्दैछ।

नेपाल आजको खेलमा जित निकाल्दै लिगमा सुखद सुरुवात गर्न चाहन्छ। कप्तान ज्ञानेन्द्र मल्ल तयारी राम्रो रहेकाले दवाब लिनेभन्दा पनि खेलका लागि उत्साहित भएको बताउँछन्।

‘हाम्रो तयारी राम्रो छ। दबाब लिएका छैनौँ बरु उत्साहित छौँ। घरेलु मैदानमा यो हाम्रो पहिलो ओडिआइको अनुभव पनि त हो,’ मल्लले नेपालको सबल पक्षबारे भने, ‘हामीलाई घरेलु मैदान र समर्थकको पनि साथ रहनेछ।’

त्यस्तै ओमनका कप्तान जिसान मक्सुद पछिल्लो ६ महिनायता लिग २ कै लागि केन्द्रित भएर अभ्यास गरिरहेकाले सकारात्मक नतिजा आउनेमा आशावादी देखिए।

‘हामीले पछिल्लो समय राम्रो खेलेका थियौँ। पछिल्लो ६ महिनायता लिग २ का लागि तयारी गरिरहेका छौँ,’ प्रतियोगिताबारे उनले भने, ‘सन्दीपले राम्रो गरिरहेका छन्। पारसको पनि राम्रो छ। यहाँको समर्थकको भीडबारे पनि हामीलाई थाहा छ। भीडले हामीलाई दबाब सिर्जना त गर्न सक्छ तर त्यसका लागि हामी तयार छौँ,’

खेल बिहान साढे ९ मा सुरु हुँदैछ।

नेपाली टोली

ज्ञानेन्द्र मल्ल (कप्तान), दिपेन्द्रसिंह ऐरी, पारस खड्का, सन्दीप लामिछाने, करण केसी, आरिफ शेख, बिनोद भण्डारी, अभिनाश बोहरा, कुशल मल्ल, कमलसिंह ऐरी, सुशन भारी, रोहितकुमार पौडेल, शरद भेषावकर र ललितनारायण राजवंशी

वैकल्पिक खेलाडी: पवन सर्राफ, सुवास खकुरेल, सन्दीप जोरा, किशोर महतो

अफिसियल :

म्यानेजर: ऋषिराम गौतम, कोच: जगत टमाटा, एसिस्टेन्ट कोच: वसन्त शाही, फिजियो: विक्रम न्यौपाने, एनालिस्ट: रमन शिवाकोटी

ओमन टोली

जिसान मक्सुद (कप्तान), अक्विब इलियास, जतिन्दर सिंह, खवार अली, सानुथ इब्राहिम, सुरज कुमार, मुहम्मद नसिम, सन्दीप गौद, मुहम्मद नदिम, जय ओडेड्रा, बादल सिंह, अहमेद फैज बट, कलीमुल्लाह,बिलाल खान



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell