PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

सुनसरीमा सवारी दुर्घटना, ४ जनाको मृत्यु



सुनसरीमा सवारी दुर्घटना, ४ जनाको मृत्यु
फोटो : Dikesh Lama

काठमाडौं: सुनसरीको रामधुनी २ मा सवारी दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ।

मोरङबाट आएको बा ५ ख ३१५७ नम्बरको यात्रुवाहक सवारी विपरीत दिशाबाट आउदै गरेको ना ६ ख ७९५ नम्बरको बससँग ठोक्किएर दुर्घटना भएको जिल्ला प्रशासन कार्यालय सुनसरीका प्रवक्ता चिरञ्जिवी गिरीले जानकारी दिए।

दुर्घटनामा ९ जना घाइते भएका छन्। घाइते सबैको उपचार इटहरी र बिराट नर्सिङ अस्पताल विराटनगरमा भइरहेको छ। 

अस्पतालमा उपचाररत् ७ जनाको अवस्था गम्भीर रहेको गिरिले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell